मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ग्लोबल   

जर्मनीमा शान्तिपूर्वक मतदान हुँदै, १६ वर्षपछि चान्सलर मर्केल नेतृत्वबाट बाहिरिने

जर्मनीमा शान्तिपूर्वक मतदान हुँदै, १६ वर्षपछि चान्सलर मर्केल नेतृत्वबाट बाहिरिने


र्लिन । जर्मनीमा आइतबार बिहानदेखि संघीय संसदका लागि मतदान भइरहेको छ । सन् २००५ पछि निरन्तर सत्तामा रहेकी चान्सलर एङ्गेला मर्केलले यही निर्वाचनपछि राजनीतिबाट बिदा लिने बताएकी छन् ।  
 
अठसट्ठी वर्षिया चान्सलर मर्केलले चुनाव नै नलड्ने घोषणा गरिसकेकी छन् । नयाँ चान्सलरका लागि सत्तारुढ क्रिश्चियन डेमोक्रेटिक पार्टीका आर्मिन लासेट, फ्री डेमोक्रेटिक पार्टीका क्रिस्टियन लिन्डनर र ग्रिन पार्टीकी एनालेना बेएरबोक चान्सलर पदका आकाङ्क्षीका रूपमा चर्चामा छन् ।
 
लामो समयपछि नेतृत्व फेरिने भएकोले विश्व समुदायले जर्मनीको निर्वाचनलाई विशेष चासो र महत्त्वका साथ हेरेको छ । मर्केलको उत्तराधिकारीको रुपमा नयाँ चान्सलर को बन्ला भन्ने चासो देशभित्र र बाहिर समेत रहेको छ । छ करोड मतदाता रहेको चुनाव पहिले भएका मत सर्वेक्षणहरूले पनि स्पष्ट तस्बिर देखाउन नसकेका बताउने गरिएको छ । 
 
नेतृत्वका लागि लासेट, लिन्डनर, केएरबोकबीच कडा प्रतिष्पर्धा हुने देखिएको छ । संसदको तल्लो सदन ‘बुन्डेस्ट्याग’ मा भने कसैको पनि एकल बहुमत नआउने सर्वेक्षणहरूले देखाएका छन् ।
 
कुनै पनि दलको बहुमत नआएको खण्डमा गठबन्धन सरकार गठन र नयाँ चान्सलर चयन लम्बिन सक्ने भएकाले अझै केही महिना मर्केल नै सत्तामा रहन सक्ने आँकलन पनि विश्लेषकहरुले गरेका छन् । रासस