मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बिश्व घटना   

काबुलका मेयरले भने, ‘महिला कर्मचारी कार्यालय नजानू’

काबुलका मेयरले भने, ‘महिला कर्मचारी कार्यालय नजानू’


काबुल । अफगानिस्तानको राजधानी काबुलका नयाँ मेयरले महानगरका सम्पूर्ण महिला कर्मचारीलाई घरमै बस्न निर्देशन दिएका छन् । मेयर हामदुल्लाह नोमानीले केही समयका लागि महिला कर्मचारीलाई कार्यालय नजान निर्देशन दिएका हुन् । काबुल महानगरका कूल तीन हजार कर्मचारीमध्ये एकतिहाइ महिला छन् । 
 
कट्टर मुस्लिम सरकारले अफगान महिलामाथि लगाएको यो पछिल्लो प्रतिबन्ध हो । 
 
सन् १९९० को दशकमा सत्तामा रहँदा तालिवानले महिलालाई विद्यालय जान र कार्यालयमा काम गर्न प्रतिबन्ध लगाएको थियो । अमेरिकी सेनाको फिर्तीसँग गत महिना अफगान सत्ता कब्जा गरेका तालिवानले महिलाको अधिकार ‘मुस्लिम कानूनको ढाँचाभित्र रहेर’ सम्मान गरिने जनाएको छ । 
 
सत्ता कब्जा गरेपछि तालिवानले सुरक्षा अवस्था सुधार नहुन्जेल महिलालाई घरमै बस्न निर्देशन दिएको छ । सरकारको बिरोधमा उत्रिएका महिला प्रदर्शनकारीलाई तालिवान लडाकूले निर्घात कुटेका छन् । नयाँ सरकारमा महिलालाई स्थान दिइएको छैन् । महिला मन्त्रालय खारेज गरेर त्यसको ठाँउमा इस्लाम धार्मिक सिद्धान्तसम्बन्धी विभाग गठन गरिएको  छ । 
 
यो साता अफगानिस्तानका माध्यमिक विद्यालय खुले पनि महिला विद्यालय बन्द छन् । तालिवानले महिला विद्यालय चाँडै खोल्ने बताए पनि यसवारे धेरैले आशंका गरेका छन् । एजेन्सी

शेयर गर्नुहोस:

432
Shares