कला

भरतमणि पौडेल बने कमेडी च्याम्पियन सिजन–२ को विजेता

प्रकाशित |
काठमाडौँ । कमेडी च्याम्पियन सिजन–२ को विजेता भरतमणि पौडेल बन्न सफल भएका छन् । शनिबार राति सम्पन्न ग्राण्ड फिनालेमा सबैभन्दा बढी भोट प्राप्त गरेको आधारमा पौडेल विजेता घोषित भएका हुन् ।
 
कमेडी च्याम्पियन सिजन-२ को विजेता भएसँगै भरतमणिले डाट्सनको कार र नगद २५ लाख रुपैयाँ प्राप्त गरेका छन् ।
 
पूर्व सञ्चारमन्त्री गोकुलप्रसाद बाँस्कोटा र पूर्व युवराज पारस शाहको क्यारिकेचर गरेर उनले निकै चर्चा कमाएका थिए ।
 
यस्तै सेकेन्ड रनरअप सन्तोष थापा भएका छन् । उनले स्कुटर प्राप्त गरेका छन् । यस्तै फस्ट रनरअप भएर बिक्की अग्रवालले टीभीएस अपाचेको मोटरसाइकल प्राप्त गरेका छन् । 
 
ग्राण्ड फिनालेमा वरिष्ठ हाँस्यकलाकार हरिवंशले विजेताको घोषणा गरेका थिए । यस्तै वरिष्ठ हाँस्यकलाकार मदनकृष्ण श्रेष्ठ सेकेण्ड रनरअपको घोषणा गरेका थिए । एनके

यो पनि पढ्नु होला>> आन्तरिक राजनीतिको गोटी बनाइदैछ एमसिसीलाई । जनताबीच एक आपसमा लडाउने र भीडाउने हतियार बनाइदैछ एमसिसीलाई -रामचन्द्र भट्ट


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया