मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

राजनीति-समाज   

कांग्रेसको अधिवेशन कार्यतालिका संशोधन

कांग्रेसको अधिवेशन कार्यतालिका संशोधन


काठमाडौँ । नेपाली कांग्रेसले पार्टीको १४औँ महाधिवेशन अन्तर्गतको अधिवेशन कार्यतालिका संशोधन गरेको छ । यही भदौ १८ गते निर्धारण गरिएको गाउँरनगर वडा अधिवेशन सबै जिल्लामा सम्पन्न हुन नसकेपछि अधिवेशन कार्यतालिका संशोधन गरिएको हो । 
 
पार्टीका क्रियाशील सदस्यता नामावली प्रकाशित भइसकेका सबै ५७ जिल्लामा वडा अधिवेशन सम्पन्न भइसकेको कांग्रेसको केन्द्रीय निर्वाचन समितिले जनाएको छ । बाँकी २० जिल्लाको क्रियाशील सदस्यता नामावली समितिलाई हालसम्म प्राप्त नभएको समिति संयोजक महादेवप्रसाद यादवले जानकारी दिए ।
 
संशोधित कार्यतालिकाअनुसार अधिवेशन प्रारम्भ हुन बाँकी २० जिल्लामा गाउँरनगर वडा अधिवेशन आगामी असोज ५ गते तोकिएको छ । 
 
त्यस्तै, गाउँरनगरपालिका अधिवेशन असोज ९ गते, प्रदेशसभा क्षेत्रीय अधिवेशन असोज १२ गते र प्रतिनिधिसभा क्षेत्रीय अधिवेशनरएक मात्र प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन असोज १८ गते निर्धारण गरिएको उनले बताए । एकभन्दा बढी प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन असोज १८ गते तोकिएको छ ।
 
प्रदेश र केन्द्रको अधिवेशनको मिति भने यथावत छ । कांग्रेसले यसअघि नै प्रदेश अधिवेशन कात्तिक १० देखि १२ गतेसम्म र केन्द्रीय महाधिवेशन आगामी मङ्सिर ९ देखि १३ गतेसम्म तय गरिसकेको छ ।