मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

राजनीति-समाज   

एमाले अध्यक्ष ओलीसँग एमसिसी उपाध्यक्षको शिष्टाचार भेट

एमाले अध्यक्ष ओलीसँग एमसिसी उपाध्यक्षको शिष्टाचार भेट


काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीसँग अमेरिकी आर्थिक सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसिसी) की उपाध्यक्ष फतिमा सुमारले बिहीबार शिष्टाचार भेट गरेकी छन् ।  
 
अध्यक्ष ओली निवास बालकोटमा भएको सो भेटमा अमेरिकी अनुदान सम्झौता एमसिसीका बारेमा छलफल भएको थियो । सो भेटमा उपाध्यक्ष सुमारले एमसिसी अनुमोदनको प्रक्रिया अघि बढाउनुपर्छ भन्नेमा अमेरिकी सरकार रहेकाले यसका लागि सघाउन आग्रह गरेकी थिइन् ।  
 
पूर्वप्रधानमन्त्री ओलीले आफ्नो पार्टी अहिले प्रतिपक्षमा रहेकाले एमसिसीबारे सरकारको स्पष्ट धारणा नआएसम्म पार्टीले धारणा नबनाउने बताएको भेटमा सहभागी एमालेका विदेश विभाग प्रमुख राजन भट्टराईले जानकारी दिए । 
 
“अहिलेको सरकार बहुमतमै रहेकाले एमसिसी अनुमोदन गर्ने कि नगर्ने भन्ने बारेमा सरकार पहिला स्पष्ट हुनुपर्छ, अनि एमालेले आफ्नो धारणा बनाउँछ, अहिले एमालेले एमसिसीबारे कुनै धारणा बनाएको छैन” अध्यक्ष ओलीको भनाइ उद्धृत गर्दै भट्टराईले जानकारी दिए । 
 
एमालेको नेतृत्वमा सरकार हुँदा एमसिसी अनुमोदन गर्न प्रयास गरे पनि तत्कालीन सभामुखले संसदमा पेस नगरिदिँदा अघि बढ्न नसकेको स्मरण गराउँदै अहिले एमाले प्रतिपक्षमा रहेकाले यसमा एमालेको प्रत्यक्ष भूमिका नहुने ओलीले जानकारी गराएको भट्टराईले बताए ।   
 
बालकोट भेटमा उपाध्यक्ष सुमारसँगै एमसिसीका प्रतिनिधि सहभागी थिए । त्यसैगरी एमालेका तर्फबाट विदेश विभाग प्रमुख भट्टराई, नेता विष्णु रिमाल, सूर्य थापालगायत सहभागी थिए । रासस 
 

शेयर गर्नुहोस:

0
Shares