मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

एसएमजी चोरी गरी साथीको हत्या गर्ने जवानलाई सैनिक अदालतबाट जन्मकैद फैसला

एसएमजी चोरी गरी साथीको हत्या गर्ने जवानलाई सैनिक अदालतबाट जन्मकैद फैसला


काठमाडौँ । नेपाली सेनाको एसएमजी चोरी गरी हुद्दा भरत गुरुङको हत्या गर्ने सैनिक गंगाधर ढकाललाई जन्मकैद अर्थात् २५ वर्षको सजाय हुने फैसला भएको छ । सैनिक समरी जनरल अदालतले ढकाललाई उक्त सजाय सुनाउने फैसला गरेको हो ।
 
सैनिक जनसम्पर्क निर्देशनालयबाट जारी विज्ञप्तिअनुसार गत साउन ७ गते चितवनको भरतपुर महानगरपालिका–१७ शारदानगरस्थित सिमलडाँडामा नेपाली सेनाका हुद्दा भरत गुरुङको हत्या गर्ने ढकाललाई जिल्ला अदालत चितवनको आदेशअनुसार तथा सेनाबाट गरिएको कोर्ट अफ इन्क्वायरीको प्रतिवेदनको आधारमा हत्यासम्बन्धी कसुरमा दोषी ठहर गरिएको हो । 
 
ढकालले चितवनको कालीबहादुर गणमा १००७९२ नम्बरको सर्ट मेसिन गन (एसएमजी) चोरी गरेका थिए। सोही गन प्रयोग गरी साउन ७ गते उनले आफ्नै सहकर्मी गुरुङको हत्या गरेका थिए ।
 
यी दुवै अपराध स्वीकार गरेका उनलाई गणमा नै गठन भएको सैनिक समरी जनरल अदालतले जन्मकैदको फैसला सुनाएको हो ।

शेयर गर्नुहोस:

918
Shares