मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

नेपालमा सङ्क्रमितभन्दा सङ्क्रमणमुक्त हुनेको सङ्ख्या बढ्यो

नेपालमा सङ्क्रमितभन्दा सङ्क्रमणमुक्त हुनेको सङ्ख्या बढ्यो


काठमाडौँ । कोरोना भाइरस सङ्क्रमितभन्दा बुधबार सङ्क्रमणमुक्त हुनेको सङ्ख्या बढेको छ । पछिल्लो २४ घन्टामा सङ्क्रमितभन्दा सङ्क्रमणमुक्त हुनेको सङ्ख्या करिब एक हजारले बढेको छ । 
 
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सार्वजनिक गरेको तथ्याङ्कअनुसार दुई हजार ५२ जना सङ्क्रमित भएका छन भने तीन हजार ३० जना सङ्क्रमणमुक्त भएका छन् । चौध हजार ९३५ जनामा परीक्षण गर्दा दुई हजार ५२ जनामा सङ्क्रमण देखिएको हो । हाल सक्रिय सङ्क्रमित ३४ हजार १८९ जना रहेका छन् ।
 
अहिलेसम्म सात लाख १९ हजार ३३६ जना सङ्क्रमणमुक्त भई घर फर्किएका छन् । यस्तै सङ्क्रमणमुक्त हुनेको दर पनि बढेको छ । आज नेपालमा सङ्क्रमणमुक्त हुने दर ९४।१ प्रतिशत पुगेको छ । यसभन्दाअघि ९३।९ प्रतिशत सङ्क्रमणमुक्त भएका थिए । 
 
यस्तै, सङ्क्रमणबाट विगत २४ घण्टामा २० जनाको ज्यान गएको छ । अहिलेसम्म १० हजार ७७० जनाको सङ्क्रमणबाट ज्यान गएको छ । नेपालमा प्रति १० लाखमा ३६३ जनाको सङ्क्रमणका कारणले निधन हुने गरेको छ । 
 
हाल ५६३ जना सघन उपचार कक्ष, १७० जना भेन्टिलेटर, ३१ हजार ८१२ जना होमआइसोलेसन,  दुई हजार ३७७ जना संस्थागत आइसोलेसन र ३११ जना क्वारेन्टिनमा रहेका छन् । नेपालमा सङ्क्रमणको दर १९।५ प्रतिशत रहेको छ । रासस

शेयर गर्नुहोस:

0
Shares