मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

नेपालमा घट्दै कोरोना संक्रमण, मंगलबार १६६४ संक्रमित, २० जनाको निधन

नेपालमा घट्दै कोरोना संक्रमण, मंगलबार १६६४ संक्रमित, २० जनाको निधन


काठमाडौँ । नेपालमा कोरोना भाइरसको सङ्क्रमण घट्दै गएको छ । मंगलबार १६६४ जनामा सङ्क्रमण देखिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सार्वजनिक गरेको तथ्याङ्कअनुसार विगत २४ घन्टामा १२ हजार २२२ जनामा परीक्षण गर्दा एक हजार ६६४ जनामा सङ्क्रमण देखिएको हो । 
 
नौ हजार ११७ पिसिआर र तीन हजार १०५ एन्टिजेन परीक्षण गरिएको थियो । तीमध्ये पिसिआर परीक्षण गर्दा एक हजार ५२३ र एन्टिजेनबाट १४१ जना सङ्क्रमित भएका हुन् । हाल ३५ हजार ५९१ सक्रिय सङ्क्रमित रहेका छन् । अहिलेसम्म ५०० भन्दा बढी सङ्क्रमित हुने जिल्ला २० वटा रहेका छन् । 
 
यस्तै सङ्क्रमणबाट निको भई आज एक हजार ७८६ जना घर फर्किएका छन् । अहिलेसम्म सात लाख १६ हजार ३०६ जना निको भई घर फर्किएका हुन् । नेपालमा निको हुने दर ९३.९ प्रतिशत रहेको छ । यस्तै, सङ्क्रमणबाट विगत २४ घन्टामा २० जनाको ज्यान गएको छ । अहिलेसम्म १० हजार ७५० जनाको सङ्क्रमणबाट ज्यान गएको छ । नेपालमा प्रति दश लाखमा ३६२.३ जनाको सङ्क्रमणका कारणले निधन हुने गरेको छ ।
 
यस्तै ६३७ जना सघन उपचारकक्ष (आइसियू), १६४ जना भेन्टिलेटर, ३३ हजार २१४ जना होम आइसोलेसन, दुई हजार ३७७ जना संस्थागत आइसोलेसन र ३२९ जना क्वारेन्टिनमा रहेका छन् । नेपालमा सङ्क्रमणको दर १९.५ प्रतिशत रहेको छ । रासस

शेयर गर्नुहोस:

0
Shares