मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

थप दुई हजार २९५ जनामा सङ्क्रमण पुष्टि

थप दुई हजार २९५ जनामा सङ्क्रमण पुष्टि


काठमाडौँ । पछिल्लो २४ घन्टामा दुई हजार २९५ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । सोह्र हजार २३३ नमूना परीक्षण गर्दा उक्त सङ्ख्यामा सङ्क्रमण पुष्टि भएको हो । 
 
बितेको २४ घन्टामा एक हजार ८०८ जना सङ्क्रमण मुक्त भएका छन् । आज कोरोना सङ्क्रमणबाट १६ जनाले ज्यान गुमाएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । 
 
मन्त्रालयका अनुसार सक्रिय सङ्क्रमितको सङ्ख्या ३५ हजार ८७४ छ । होम आइसोलेशनमा ३३ हजार ३३३, आइसियूमा ५६८ र भेन्टिलेटरमा १६० जना रहेका छन् । 
 
नेपालमा हालसम्म सात लाख ६१ हजार १२४ जनामा सङ्क्रमण पुष्टि भएको छ । सङ्क्रमितमध्ये सात लाख १४ हजार ५२० जना निको भइसकेका छन् । पछिल्ला तीन दिनमा पाँच लाख ९७ हजार ५९८ जनाले कोरोना विरुद्धको खोप लगाएका छन् । रासस

शेयर गर्नुहोस:

108
Shares