मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ग्लोबल   

रकेट प्रहारबाट काबुलमा चार बालबालिकासहित छ को मृत्यु

रकेट प्रहारबाट काबुलमा चार बालबालिकासहित छ को मृत्यु


बेइजिङ । अफगानिस्तानको राजधानी काबुलमा भएको एक रकेट आक्रमणमा परी चार बालबालिकासहित छ जनाको ज्यान गएको छ । तालिबानीहरुले सत्ता कब्जा गरेपछि केही दिन हिंसात्मक घटना भएको अफगानिस्तानमा फेरि हिंसाका घटना हुन थालेका छन् ।
 
आइतबार काबुल विमानस्थलमा प्रहार गरिएको भनिएको रकेट बस्तीमा परेको र बस्तीको एक घरमा रहेका एकैपरिवारका ती व्यक्तिहरुको ज्यान गएको छ । काबुल विमानस्थलमा अमेरिकी, बेलायती र अरु केही विदेशी विमानले आफ्ना नागरिकहरुलाई स्वदेश फर्काइरहेका छन् ।
 
विमानस्थललाई नै लक्षित गरेर सो रकेट आक्रमण गरिएकामा सो रकेट बस्तीतर्फ पर्न गरेको बताइएको छ । पछिल्ला केही दिनमा काबुल विमानस्थलमा विस्फोट हुने गरेको छ ।
 
हमिद कारजाई अन्तर्राष्ट्रिय विमानस्थलमा पश्चिम भागतर्फ स्थानीय समयानुसार ४ः५५ सो रकेट प्रहार भएको थियो । एक अमेरिकी ड्रोन सहरमा उडिरहेको देखा परेपछि उक्त हमला भएको प्रत्यक्षदर्शीहरु बताएका छन् । 
 
गत बिहीबार पनि विमानस्थलका पूर्वी गेटमा भएको आत्मघाती विष्फोटमा परी कम्तीमा १७० अफगान नागरिक र १३ अमेरिकी सैनिक मारिनुका साथै करिब २०० जना घाइते भएका थिए । उडानको पर्खाइमा रहेका ठूलो भीडबीचमा सो आक्रमण भएको थियो ।
 
अफगानिस्तानमा यही अगस्त १५ तारिखका दिन तालिबान विद्रोहीहरूले केन्द्रीय राजधानी काबुल कब्जा गरेपछि हजारौँ मानिसले अफगानिस्तान छाड्नेक्रम जारी रहेको छ । इस्लामिक स्टेट्स (आइएस) ले जिम्मेवारी लिएको यस आक्रमणमा परी मारिएकाहरु अधिकांश महिला र बालबालिका रहेका छन् । सिन्ह्वा