मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

अफगानिस्तानमा रहेका सबै नेपाली सुरक्षित

अफगानिस्तानमा रहेका सबै नेपाली सुरक्षित


काठमाडौँ । सरकारले अफगानिस्तानमा रहेका सबै नेपाली सुरक्षित रहेका बताएको छ । हाल काबुलमा ४२ जना एउटै समूहमा रहेका र उनीहरू सुरक्षित रहेका परराष्ट्र मन्त्रालयले जनाएको छ । 
 
काबुलमा रहेका सबैसँग सरकार नियमित सम्पर्कमा रहेको र उनीहरूलाई स्वदेश फर्काउन सम्बन्धित निकायसँग समन्वय भइरहेको मन्त्रालयले आज साँझ प्रेस विज्ञप्ति जारी गरेर बताएको छ ।
 
काबुलबाट बिहीबार उद्धार गरेर नयाँदिल्ली पु¥याइएका ११ जना काठमाडौँ आउने प्रक्रियामा रहेको पनि उक्त मन्त्रालयले जनाएको छ । अफगानिस्तानमा रहेकाहरूलाई कन्सुलर सेवा विभागको वेबसाइटमा रहेको ‘अनलाइन पोर्टल’मा आफ्नो नामसहितको विवरण दर्ता गर्न मन्त्रालयले अनुरोध गरेको छ । रासस

शेयर गर्नुहोस:

108
Shares