मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

राजनीति-समाज   

नेकपा (माओवादी केन्द्र)को प्रवक्तामा महरा चयन

नेकपा (माओवादी केन्द्र)को प्रवक्तामा महरा चयन


काठमाडौँ । नेकपा (माओवादी केन्द्र) को प्रवक्तामा कृष्णबहादुर महरा चयन भएका छन् । उनलाई प्रवक्तासँगै प्रचार तथा प्रकाशन विभाग र राष्ट्रिय सुरक्षा विभाग प्रमुखको समेत जिम्मेवारी दिइएको छ । यसअघि प्रवक्ताको जिम्मेवारीमा रहेका नेता नारायणकाजी श्रेष्ठलाई प्रवास समितिकोे जिम्मेवारी दिइएको छ । 
 
यही भदौ ५ र ६ गते बसेको केन्द्रीयसमिति बैठकबाट सो पार्टीले केन्द्रीय विभाग,  प्रदेश, प्रवास, जिल्ला समन्वय, उपत्यका समन्वय, सम्पर्कजस्ता समिति गठन गरेर नेताहरुको जिम्मेवारी तोक्ने निर्णय गरेको हो । 
 
बैठकको निर्णयानुसार प्रदेश नं १ को इञ्चार्जमा सुरेन्द्र कार्की (राम कार्की), प्रदेश नं २ को इञ्चार्जमा गणेश शाह, वाग्मतीको इञ्चार्जमा हितमान शाक्य, गण्डकीको इञ्चार्जमा हितराज पाण्डे, लुम्बिनीको इञ्चार्जमा चक्रपाणि खनाल, कर्णालीको इञ्चार्जमा शक्ति बस्नेत र सुदूरपश्चिम प्रदेशको इञ्चार्जमा खगराज भट्टलाई तोकिएको छ ।
 
यसैगरी विशेष समितिको इञ्चार्जमा लीलामणि पोखरेल, सम्पर्क समन्वय समितिको इञ्चार्जमा डिलाराम आचार्यलाई तोकिइएको छ भने पार्टी स्कुल विभागको इञ्चार्ज अध्यक्ष पुष्पकमल दाहाल आफैँले राखेका छन् । पार्टीको शक्तिशाली विभागका रुपमा रहेको सङ्गठन विभागको प्रमुखमा जनार्दन शर्मालाई जिम्मेवारी दिइएको छ ।
 
 यस्तै, नेता देव गुरुङलाई सङ्घीय संसदीय विभाग प्रमुख, वर्षमान पुनलाई अर्थ तथा योजना विभाग प्रमुख र केन्द्रीय कार्यालय इञ्चार्जमा मातृका यादव, उपभोक्ता हित तथा आपूर्ति विभाग हरिबोल गजुरेल, कृषि तथा भूमिसुधार विभाग लीलामणि पोखरेल, जलस्रोत सिँचाइ तथा ऊर्जा विभाग प्रमुख र विदेश मामला विभागमा सुरेन्द्र कार्कीलगायतले जिम्मेवारी पाएका छन् । रासस