मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ग्लोबल   

‘सिआइए’ प्रमुख र तालिवानका उपप्रमुखबीच गोप्य भेटवार्ता

‘सिआइए’ प्रमुख र तालिवानका उपप्रमुखबीच गोप्य भेटवार्ता


वासिङ्टन । अमेरिकी गुप्तचर निकाय [सीआइए] प्रमुख र तालिबानका उपनेता मुल्ला अब्दुल गनी बारादरबीच काबुलमा गोप्य भेटवार्ता भएको अमेरिकी ‘द वासिङ्गटन पोस्ट’ले मंगलबार जानकारी गराएको छ । 
 
अमेरिकी संघीय गुप्तचर निकाय प्रमुख विलियम बन्र्स र बारादरबीच सोमबारको भेट वार्ता भएको अमेरिकी उक्त पत्रिकाले उल्लेख गरेको छ । 
 
एक हप्ताअघि अफगानिस्तानमा बीस बर्षदेखि अमेरिकासँग लड्दै आएको तालिबानसँग जो बाइडेन प्रशासनको अहिलेसम्मकै उच्चस्तरीय भेटवार्ता भएको हो । सीआईएले भने यस मामिलामा टिप्पणी गरेको छैन । यस बैठकमा अफगानिस्तानबाट अमेरिकी फौज निकाल्ने अगस्त ३१ को समय सीमा विस्तार गर्ने विषयमा छलफल समावेश भएको हुनसक्ने ‘द वासिङ्गटन पोस्ट’ द्वारा सम्प्रेषित समाचारमा उल्लेख गरिएको छ । 
 
बाइडेन प्रशासनका सबैभन्दा विश्वस्त कूटनीतिज्ञ बन्र्सले विदेशी सेवामा महत्त्वपूर्ण भूमिका निर्वाह गरेका छन् । झन्डै ११ वर्षअघि बारादरलाई सीआईएले संयुक्त अमेरिकी–पाकिस्तान मिशनमा गिरफ्तार गरेर आठ वर्षसम्म जेलमा राखेको थियो ।
 
तालिवान नेता बाराडरले सन् २०१८ मा रिहा भएलगत्तै अमेरिकासँग शान्ति वार्ता सुरु गरेको बताउने गरिएको छ । सोमबार तालिबानले अमेरिकी सेनाको बहिर्गमनका लागि अगस्ट ३१ को समय सीमा विस्तार गर्न नसक्ने बताएको थियो । 
 
तालिबान प्रवक्ता सुहेल शहिनले स्काई न्युजसँगको कुराकानीमा यदि समय सीमाभित्र बहिर्गमन पूरा नभएमा यसबाट आउने ‘नतिजा’ प्रति अमेरिका जिम्मेवार हुनुपर्ने बताएका थिए । उक्त समूहले अफगानिस्तानबाट उद्धार कार्य जारी राख्न अमेरिका, बेलायतलगायतका पश्चिमी मुलुकलाई कुनै अतिरिक्त समय नदिने बताएको थियो । एएनआई