मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

आठ महिने बालिकासहित एकै परिवारका तीन मृत फेला

आठ महिने बालिकासहित एकै परिवारका तीन मृत फेला


झापा । कनकाई नगरपालिका–१ रमाइलो टोलमा एकै परिवारका दुई जनाले आत्महत्या गरेका छन् । आत्महत्या गर्नेमा ४० वर्षीय रवीन विश्वकर्मा, उनकी २९ वर्षीया श्रीमती मुना विश्वकर्मा छन् । तीमध्ये आठ महिनाकी छोरी रुविना विश्वकर्मालाई पनि आमाले साथमै राखेकी थिइन् । उनको पनि ज्यान गएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
 
उनीहरुलाई आफ्नै घरभित्र आज बिहान झुण्डिएको अवस्थामा फेला पारेको प्रहरीले जनाएको छ । मुनाले आठ महिने छोरीलाई छातीमा टाँसेर बर्कीले बाँधेर झुण्डिएको अवस्थामा रहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता राकेश थापाले बताए । 
 
मृतक रवीन वैदेशिक रोजगारीमा जानका लागि केही दिन पहिले काठमाडौँसम्म गएको तर कोरोना पोजेटिभ देखिएका कारण फर्किएर आएको स्थानीयवासीले बताएका छन् । 
 
स्थानीयवासीका अनुसार रवीन वैदेशिक रोजगारमा स्थानीय युवालाई पठाउने एजेन्टका रुपमा काम गर्दै आएका थिए । आत्महत्या गर्नुपर्ने कारण खुल्न नसकेको र थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । रासस

शेयर गर्नुहोस:

2.2k
Shares