मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कला   

तेस्रो नेपाल आदिवासी चलचित्र महोत्सव तथा निफ अवार्ड-२०२१ मा आदिवासी जनजातिका विषयमा बनाइएका सात चलचित्र प्रदर्शन गरिने

तेस्रो नेपाल आदिवासी चलचित्र महोत्सव तथा निफ अवार्ड-२०२१ मा आदिवासी जनजातिका विषयमा बनाइएका सात चलचित्र प्रदर्शन गरिने


अमेरिका । तेस्रो नेपाल आदिवासी चलचित्र महोत्सव तथा निफ अवार्ड २०२१ मा आदिवासी जनजातिका विषयमा बनाइएका ७ वटा चलचित्र प्रदर्शन गरिने भएको छ । 
 
२७औं विश्व आदिवासी दिवसको अवसरमा नेपाल आदिवासी जनजाति महासंघ (फिप्ना) अमेरिकाले आयोजना गरेको महोत्सवमा सातवटा चलचित्र प्रदर्शन गरिने महासंघका महासचिव नरेन्द्र थापाले जानकारी दिए ।  
 
महोत्सव यही अगष्ट २१ र २२ तारिखका दिन न्यूयोकको ज्याक्सन हाइटमा अवस्थित गुल्सन ट्यारेसमा आयोजना हुँदैछ । 
 
कसैलाई पछाडि नछाडौँ : आदिवासी जनजाति र नयाँ सामाजिक सम्झौताका लागि आव्हान : Living No one behind Indigenous Peoples and the call for a New Social contract Living No one behind Indigenous Peoples and the call for a New Social contract नारासहित विश्वभरी विभिन्न कार्यक्रम गरी विश्व आदिवासी जनजाति दिवस मनाइरहेका छन् ।  
 
विभिन्न जनजाति समुदायको मातृभाषामा निर्माण गरिएका १५ वटा चलचित्र मध्येबाट छनौटमा परेका ७ वटा चलचित्र प्रदर्शन गर्न लागिएको महोत्सव संयोजक तथा  महासंघका महासचिव थापाले बताए । 
 
महोत्सवमा गुरुङ जातिको मि न्होर्वै ट, तामाङ जातिको प्रङ्ना, मगर जातिको ट्याङचालक, लिम्बु जातिको के, राई जातिको सायाबुङ, नेवार जाति जा मनःगुभाजु, ह्योल्मो जातिको मेतोक प्रदर्शन गरिने भएको छ । 

 
फिप्नाका अध्यक्ष लोक चेम्जोङले नेपालका आदिवासी चलचित्रमार्फत जनजातिको भाषा, भेषभूषा, संस्कृतिको संरक्षण र संवर्द्धन गर्ने उद्देश्य रहेको बताए । अध्यक्ष चेम्जोङले महोत्सवमा चलचित्र सहभागिता गराउने सम्पूर्ण चलचित्रकर्मीहरुलाई धन्यवाद व्यक्त गर्दै अन्तिम छनौटमा परेका चलचित्रहरुलाई बधाईसहित शुभकामना व्यक्त गरेका छन् । 
 
चलचित्र महोत्सवले आदिवासी जनजाति चलचित्रलाई अन्तर्राष्ट्रियकरण गर्न सघाउ पुर्‍याउने आयोजकको अपेक्षा छ । नेपाल आदिवासी चलचित्र महोत्सव निफको यो तेस्रो संस्करण हो । शनिबार र आइतबार दुई दिनसम्म चल्ने महोत्सवमा विभिन्न १० वटा विधामा अवार्ड वितरण गरिने आयोजकले जनाएको छ ।

 

 
छनौटमा परेका ७ चलचित्र नेपाल आदिवासी जनजाति चलचित्र महासंघ नेपालले संकलन गरी पठाइएको हो । चलचित्र छनौट समितिले उक्त सात चलचित्र छनौट गरेको हो । चलचित्र छनौटको लागि सम्बन्धित भाषाको जातीय संस्थाहरुलाई जिम्मेवारी दिइएको थियो । 

 
महोत्सवमा लोकप्रिय गायकहरु जगदीश समाल मंगोलियन हार्टका राजु लामाले गीत प्रस्तुत गर्दैछन् । कार्यक्रम मिस नेपाल सदीक्षा श्रेष्ठले सञ्चालन गर्नेछिन् ।