मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

शुक्रबार तीन हजार ४२ जना सङ्क्रमित थपिए, २६ जनाको मृत्यु

शुक्रबार तीन हजार ४२ जना सङ्क्रमित थपिए, २६ जनाको मृत्यु


काठमाडोँ । नेपालमा गत २४ घन्टामा तीन हजार ४२ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । नयाँ बिरामी थपिएसँगै देशभर सङ्क्रमितको सङ्ख्या सात लाख ४४ हजार ३०७ पुगेको छ । 
 
थप १० हजार ५३० जनाको पिसिआर परीक्षण तथा सात हजार १२४ जनाको एन्टिजेन विधिबाट कोरोना परीक्षण गरिएको थियो । पिसिआर विधिबाट दुई हजार ७९ तथा एन्टिजेनबाट ९६३ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।     
 
हालसम्म छ लाख ९३ हजार ५४३ जना कोरोनाबाट मुक्त भइ घर फर्किएका छन् । पछिल्लो २४ घन्टामा देशभर दुई हजार २४४ सङ्क्रमित निको भएर घर फर्किएका छन् । निको हुने दर ९३ दशमलव एक प्रतिशत रहेको छ । हाल देशभर सक्रिय सङ्क्रमितको सङ्ख्या ४० हजार ३०९ रहेको छ । 
 
बितेका २४ घन्टामा देशभर एक लाख ८० हजार २८ जनाले कोरोनाविरुद्धको खोप लगाएको मन्त्रालयले जनाएको छ । हाल देशभर ७१४ सङ्क्रमितको सघनउपचार कक्षमा तथा १७१ सङ्क्रमितको भेन्टिलेटरमा उपचार भइरहेको छ । 
 
यसैबीच, काठमाडौँ उपत्यकामा पछिल्लो समय ८९४ सङ्क्रमित थपिएका छन् । काठमाडौँमा ६०४, ललितपुरमा १८७ तथा भक्तपुरमा १०७ जनामा सङ्क्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ । 
 
काठमाडौँमा हाल सक्रिय सङ्क्रमितको सङ्ख्या सात हजार ८६७, भक्तपुरमा एक हजार ४७४ तथा ललितपुरमा दुई हजार २९० रहेको छ । पछिल्लो समय देशमा कोरोना भाइरसको सङ्क्रमणबाट थप २६ सङ्क्रमितको मृत्यु भएको छ । योसँगै कोरोना भाइरसको सङ्क्रमणबाट ज्यान गुमाउनेको संख्या १० हजार ४५५ पुगेको मन्त्रालयले जनाएको छ । रासस

शेयर गर्नुहोस:

189
Shares