मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

नेपालमा ३४८१ सङ्क्रमित थपिए, ३० जनाको मृत्यु

नेपालमा ३४८१ सङ्क्रमित थपिए, ३० जनाको मृत्यु


काठमाडौँ । नेपालमा एकै दिन तीन हजार ४८१ मा कोभिड–१९ पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सार्वजनिक गरेको तथ्याङ्कअनुसार १६ हजार ६५६ मा गरिएको परीक्षणमा तीन हजार ४८१ मा कोरोना सङ्क्रमण पुष्टि भएको हो ।  
 
विगत २४ घण्टामा एक हजार ८८५ निको भई घर फर्किएका छन् । आजसँगै कुल छ लाख ७५ हजार ८३ निको भई घर फर्किएका हुन् । नेपालमा निको हुने दर ९३।६ प्रतिशत  छ । यस्तै विगत २४ घण्टामा कोभिडका कारण ३० जनाको निधन भएको छ । अहिलेसम्म कूल १० हजार १८० जना को कोरोना सङ्क्रमणबाट निधन भएको छ । हाल मृत्युदर एक दशमलव पाँच प्रतिशत रहेको छ । आज सङ्क्रमणर दर २४ प्रतिशत रहेको छ ।  
 
यसैगरी ७९६ जना सघन उपचार कक्ष (आइसियू), १८४ जना भेन्टिलेटरमा उपचार गराइरहेका छन् । यस्तै ३४ हजार ११३ जना होमआइसोलेसन, तीन हजार २२० संस्थागत आइसोलेसन, ३९९ जना क्वारेन्टिनमा रहेका छन् ।  हाल सक्रिय सङ्क्रमितको सङ्ख्या ३८ हजार ३३ रहेको छ । आज थपिएकासँगै हाल नेपालमा सात लाख २३ हजार २९६ सङ्क्रमितको सङ्ख्या पुगेको छ ।   
 
काठमाडौँ उपत्यकामा आज ९४६ मा सङ्क्रमण पुष्टि भएको छ । जसमा काठमाडौँमा ६६३, ललितपुरमा १९२ र भक्तपुरमा १०९ सङ्क्रमित थपिएका हुन् । रासस
 

शेयर गर्नुहोस:

27
Shares