मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

चितवनका युवाले बनाए डेढ घन्टा पानीमा तैरिएर विश्व कीर्तिमान

चितवनका युवाले बनाए डेढ घन्टा पानीमा तैरिएर विश्व कीर्तिमान


चितवन  । चितवनको रत्ननगरका एक युवाले डेढ घन्टा पानीमा तैरिएर विश्व कीर्तिमान कायम गरेका छन् । रत्ननगर नगरपालिका–१, बकुलहरका विकर्णकुमार श्रेष्ठले योगासनमा बसेर डेढ घन्टा पानीमा तैरिएर विश्व कीर्तिमान कायम गरेका हुन् । 
 
रत्ननगरका अटो व्यवसायीसमेत रहेका श्रेष्ठले डेढ घन्टा पानीमा तैरिएर वल्र्ड बुक अफ रेकर्ड लन्डनमा नाम लेखाउन सफल भएका हुन् ।
 
काठमाडौँको धुलिखेलमा रहेको हिमालय दृश्य रिसोर्टको स्वीमिङ पुलमा तैरिएर श्रेष्ठले शिक्षा क्षेत्रमा देखिएका समस्या, चुनौती र त्यसको समाधानसम्बन्धी कार्यक्रम सञ्चालन गरेका थिए । श्रेष्ठले पानीमै तैरिएर डाक्टर, प्राध्यापक, शिक्षक, लेखकहरुसँग अन्तरक्रिया गरिसकेका छन् ।
स्कोलोस्ट्रिक फाउन्डेसन नेपाल, लायन्स क्लब अफ रत्ननगर र लियो क्लब अफ राइनो रत्ननगरले यसै साता कार्यक्रमको आयोजना गरेका थिए । वल्र्ड बुक अफ रेकर्डमा नाम दर्ता भइसकेको र पाँच हप्ताभित्र प्रमाणपत्र आइपुग्ने श्रेष्ठले बताए ।
 
४३ वर्षीय श्रेष्ठ लायन्स क्लब अफ रत्ननगरका पूर्वअध्यक्ष र रत्ननगर जेसीजका पूर्वमहासचिव, आमा घरका आजीवन सदस्य, अर्पण बचत तथा ऋण सहकारी संस्थाका शिक्षा उपसमितिका सदस्य, चितवन अटोमोबाइल्स एसोसिएसनका क्षेत्रगत उपसमिति सदस्य हुन् । 
 
नेपाल रेडक्रस सोसाइटीका आजीवन सदस्यसमेत रहेका श्रेष्ठले ८० पटक रक्तदान गरी जीवनदान गरिसकेका छन् ।

शेयर गर्नुहोस:

54
Shares