मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

चितवनमा बढ्न थाले सङ्क्रमित, सक्रिय सङ्क्रमितको दुई हजार नाघे

चितवनमा बढ्न थाले सङ्क्रमित, सक्रिय सङ्क्रमितको दुई हजार नाघे


चितवन । जिल्लामा कोभिड–१९ का सक्रिय सङ्क्रमितको संख्या दुई हजार नाघेको छ । स्वास्थ्य कार्यालयका अनुसार जिल्लामा अहिले दुई हजार ३० सक्रिय सङ्क्रमित छन् । गत असार १३ गते १ हजार १४ मा झरेको सङ्क्रमित यही साउन १४ मा आइपुग्दा पबढेर दुई हजार ३० पुगेको हो ।

कार्यालयका अनुसार पछिल्ला केही दिनमा सङ्क्रमितको सङ्ख्या बढ्दै गएको छ । गत वैशाख र जेठमा यहाँ सक्रिय सङ्क्रमितको संख्या उच्च पुगेको थियो । जेठ १० गते सङ्क्रमितको संख्या ४ हजार ७१३ पुगेको थियो ।

Advertisement

असार लागेसँगै घट्दै गएको सङ्क्रमितको संख्या पुनः बढ्न थालेको छ । असार १ गते १ हजार ५४८ रहेको संक्रिय सङ्क्रमितको संख्या घट्दै गएर असार १३ गते १ हजार १४ मा झरेको थियो ।

कार्यालयका जनस्वास्थ्य अधिकृत गीताञ्जली ढकालका अनुसार असार १४ गते १ हजार ८७, १६ गते १ हजार १९८, १८ गते १ हजार २२० हुँदै असार २३ गते १ हजार २७१ पुगेको थियो । उनका अनुसार असार १२ गतेदेखि साउन १३ गतेसम्म आइपुग्दा नयाँ सङ्क्रमित मात्र १ हजार ३४ थपिएका छन् ।

संक्रिय सङ्क्रमितको प्रतिशत पनि बढ्दै गएको छ । कार्यालयका निमित्त प्रमुख अमृत महर्जन निषेधाज्ञा खुकुलो हुँदै जाँदा सङ्क्रमित बढ्दै गएको जानकारी दिए । उनले भने, “राम्रोसँग सङ्क्रमितको संख्या घट्न नपाउँदै पुनः बढ्न थालेपछि कोरोनाको जोखिम बढेको छ ।” कोरोना नियन्त्रणका लागि अहिले खोपको अभियान जारी रहेको जनाउँदै उनले कारोना सङक्रमण बढ्दै गएकाले सबै सजग रहन आग्रह गरे ।

जिल्लामा रहेका सङक्रमित मध्ये ११६ का अस्पतालमा उपचार भइरहेको छ । नौ सार्वजनिक आइसोलेसनमा र १ हजार ९ सय ५ होम आइसोलेसनमा छन् । जिल्लामा हालसम्म ३ सय २७ को मृत्यु भएको छ । कुल सङ्क्रमित संख्या २० हजार ९० पुगेको छ ।

जिल्लाका अस्पतालमा बाहिरी जिल्लाका समेत गरी २१३ को उपचार भइरहेको छ । ती मध्ये ७५ सघन उपचार कक्षमा, १२ भेन्टिलेटरमा, ५० एचडियूमा र ८८ सामान्य श्ययामा उपचाररत छन् । रासस

शेयर गर्नुहोस:

27
Shares