मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

गण्डकी र लुम्बिनी प्रदेशमा प्रमुख नियुक्त

गण्डकी र लुम्बिनी प्रदेशमा प्रमुख नियुक्त


काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले गण्डकी प्रदेश प्रमुखमा पुथ्वीमान गुरुङ र लुम्बिनी प्रदेश प्रमुखमा अमिक शेरचनलाई नियुक्त गरेकी छन् ।  
 
नेपालको संविधानको धारा १६३ को उपधारा १२ बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा उनीहरूलाई राष्ट्रपतिले प्रदेश प्रमुखमा नियुक्त गरेको राष्ट्रपति कार्यालयले जनाएको छ । 
 
मन्त्रिपरिषद्को आजैको बैठकले लुम्बिनी प्रदेशका प्रमुख धर्मनाथ यादव र गण्डकी प्रदेशका प्रमुख सीताकुमारी पौडेललाई पदमुक्त गरी गुरुङ र शेरचनलाई नियुक्त गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरेको थियो । सोही सिफारिसका आधारमा उनीहरूलाई पदमुक्त गरिएको राष्ट्रपति कार्यालयले जनाएको छ । रासस

शेयर गर्नुहोस:

270
Shares