मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

कामु प्रधानसेनापतिमा प्रभुराम शर्मा सिफारिस

कामु प्रधानसेनापतिमा प्रभुराम शर्मा सिफारिस


काठमाडौँ । सरकारले नेपाली सेनाका बलाधिकृत रथी प्रभुराम शर्मालाई कायममुकायम प्रधानसेनापतिको जिम्मेवारी दिने निर्णय गरेको छ । 
 
मन्त्रिपरिषद्को आजको बैठकले साउन २५ देखि लागू हुने गरी शर्मालाई कायममुकायम प्रधानसेनापति जिम्मेवारी दिने निर्णय गरेको हो । सरकारका प्रवक्तासमेत रहेका कानून, न्याय तथा संसदीय मामिलामन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले मन्त्रिपरिषद्ले रथी शर्मालाई कामु प्रधानसेनापतिको जिम्मेवारी तोक्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको जानकारी दिए । राष्ट्रपति भण्डारी नेपाली सेनाका परमाधिपति हुन् ।  
 
रथी शर्मा हाल बलाध्यक्ष र बलाधिकृत रथीको जिम्मेवारीमा छन् । सन् १९६४ जनवरी ५ मा काठमाडौँमा जन्मिएका शर्मा आगामी भदौ २५ गतेदेखि सेनाको ४४औँ प्रधानसेनापतिको जिम्मेवारी सम्हाल्दै छन् ।  
 
भारतबाट डिफेन्स कोर्स गरेका रथी शर्मा त्रिभुवन विश्वविद्यालयबाट इतिहासमा स्नात्तकोत्तर गरेका छन् । संयुक्त राष्ट्रसङ्घको आह्वानमा कङ्गोस्थित नेपाली शान्ति मिसनको नेतृत्व अनुभव सम्हालेका रथी शर्माको सैनिक सङ्गठनमा बौद्धिक र भद्र व्यक्तिका रुपमा परिचय स्थापित छ ।
 
नेपाली सेनामा प्रधानसेनापति अवकाशको एक महिनाअघिबाटै बिदा बस्ने परम्परा छ । उक्त परम्पराअनुसार प्रधानसेनापति थापा साउन २५ गतेदेखि बिदामा बस्दै छन् ।  
 
प्रधानसेनापति थापाको सैनिक मुख्यालय जङ्गी अड्डाले औपचारिक बिदाइ भने भदौ २५ गर्ने भएको छ । नेतृत्व सहज हस्तान्तरण गर्ने क्रममा प्रधानसेनापति थापाले जेठ २३ बाटै उक्त प्रक्रिया सुरु गरेका हुन् ।  
 
उनले आफ्नो तीन वर्षे नेतृत्वकालमा सङ्गठनमा विधि र पद्धति सुधारको विषयलाई प्राथमिकताका साथ अघि बढाएका छन् । रासस
 

शेयर गर्नुहोस:

162
Shares