मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ग्लोबल   

नेजाको सातौं अधिवेशनबाट अध्यक्षमा विकासराज न्यौपाने निर्वाचित

नेजाको सातौं अधिवेशनबाट अध्यक्षमा विकासराज न्यौपाने निर्वाचित


वासिंंटन डिसी । नेपाल–अमेरिका पत्रकार सङ्घ (नेजा)को अध्यक्षमा विकासराज न्यौपाने निर्वाचित हुनुभएको छ । अमेरिकाको भर्जिनियामा शनिबार र आइतबार आयोजित सातौँ अधिवेशन तथा १४ औँ साधारणसभाले न्यौपानेको अध्यक्षतामा कार्यसमिति चयन गरेको हो । न्यौपानेका निकटम प्रतिद्वन्द्वी गोकुल ढकाल रहेका थिए । 
 
नवगठित कार्यसमितिको उपाध्यक्षमा मच्छेदेवी गुरुङ, महासचिवमा सुरज भण्डारी, कोषाध्यक्षमा प्रभात भट्टराई र सचिवमा कल्पना घिमिरे रहेका छन् । 
 
यसैगरी क्षेत्रीय संयोजकमा लीलादेवी ओझा, शिव नेपाल, गोकुल श्रेष्ठ र सुजन पण्डितलाई चयन गरिएको छ । सदस्यहरूमा सङ्गम बानियाँ, बाबुराम दाहाल, ज्ञानप्रसाद शर्मा र अनिल अधिकारी रहेका छन् । निर्वाचन सम्पन्न गर्न पूर्वअध्यक्ष आङछिरिङ शेर्पाको संयोजकत्वमा पूर्वअध्यक्ष भोला आचार्य, शैलेश पोखरेल र नारायण सापकोटासहितको निर्वाचन समिति गठन भएको थियो । 

नेपाल पत्रकार महासङ्घका अध्यक्ष विपुल पोख्रेलले उद्घाटन गरेको अधिवेशनमा अमेरिकाभरिबाट ८१ पत्रकारको सहभागिता रहेको थियो । उद्घाटन सत्रमा प्रधानमन्त्री शेरबहादुर देउवाले पठाउनुभएको शुभकामना सन्देश पढेर सुनाइएको थियो । 
 
नवनिर्वाचित अध्यक्ष न्यौपानेले निर्वाचित भएपछि रासससँग संक्षिप्त प्रतिक्रिया दिँदै भने, “हामी अमेरिकाभरि छरिएर रहेका सञ्चारकर्मीहरुको डाटा सङ्कलन, अनुभव आदान प्रदान र पत्रकार लेखनवृत्तिका लागि विभिन्न कार्यक्रम सञ्चालन गर्नेछौँ । साधारणसभाले नेजा कार्यसमितिले विगतमा गरेका कार्यसम्पादनको अभिलेखीकरण गर्न वरिष्ठ पत्रकार तारा बरालको संयोजकत्वमा लेखनाथ भण्डारी र मधुकर अधिकारी सदस्य रहेको एक समितिसमेत गठन गरेको छ । रासस