मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बिश्व घटना   

भारतमा बाढीपहिरोमा परी मृत्यु हुनेको सङ्ख्या १२४, उद्धार कार्य जारीे

भारतमा बाढीपहिरोमा परी मृत्यु हुनेको सङ्ख्या १२४, उद्धार कार्य जारीे


नयाँ दिल्ली । भारतमा भारी मनसुन वर्षाको कारण उत्पन्न बाढी र पहिरोबाट मृत्यु हुनेको सङ्ख्या आइतबार १२४ पुगेको छ भारतीय अधिकारीले पुष्टि गरेका छन् । अरु दर्जनौं हराइरहेकाको खोजीका लागि उद्धारकर्मीहरू जुटिरहेको बताइएको छ । 
 
भारतको पश्चिमी क्षेत्रमा बिहीबारदेखि मुसलधारे वर्षा भएको छ ।  भारतीय मौसम विज्ञान विभागले आउँदो केही दिनमा थप वर्षा हुने भन्दै सावधानी अपनाउन आग्रह गरेको छ । 
 
महराष्ट्र राज्यमा बिहीबार मुम्बईको दक्षिणमा रहेको ताल्यको पहाडी गाउँमा ठूलो पहिरोमा परी ४० जनाको मृत्युसहित राज्यभर ज्यान गुमाउनेको सङ्ख्या ११४ पुगेको छ । 
पहिरोमा दर्जनभन्दा बढी घरहरू परेका थिए भने पहिरोमा परी कम्तीमा ९९ जना हराइरहेको बताइएको छ ।
 
चिप्लुनका केही भागहरूमा बिहीबार निरन्तर २४ घन्टाको वर्षापछि पानीको तह २० फिट (छ मिटर) सम्म पुगेको र सडक तथा घरहरू डुबाएको स्थानीय सञ्चारमाध्यमहरूले जनाएका छन् । वर्षापछिको डुबानका कारण विद्यूत् आपूर्ति अवरूद्ध हुँदा कोभिड–१९ को उपचार गराइरहेका एक अस्पतालका आठ बिरामीको मृत्यु भएको थियो ।
 
उनीहरूको उपचारमा भेन्टिलेटर प्रयोग भएको तर विद्युत् आपूर्ति काटिनासाथ उनीहरूको मृत्यु भएको हो । एएनआई

शेयर गर्नुहोस:

27
Shares