मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

कोरोना भाइरसविरुद्धको खोप लगाएको केही बेरमा एक वृद्धको मृत्यु

कोरोना भाइरसविरुद्धको खोप लगाएको केही बेरमा एक वृद्धको मृत्यु


धादिङ । धादिङको नीलकण्ठ नगरपालिका–६ सुनौलाबजारमा कोरोना भाइरसविरुद्धको खोप लगाएको केही बेरमा एक वृद्धको मृत्यु भएको छ । अमेरिकन कम्पनी जोनसन एण्ड जोनसनद्वारा उत्पादित एक मात्रा लगाए पुग्ने खोप लगाएका ७८ वर्षीय नरबहादुर श्रेष्ठको खोप लगाएको आधा घन्टापछि मृत्यु भएको आफन्तले बताएका छन् ।
 
खोप लगाएको केही बेरमा बृद्धको मृत्यु भएको विषय बाहिर आएपछि धादिङ अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. त्रिभुवनचन्द्र झाले सो घटना अनुसन्धानको विषय भएकोले यसै भएको हो भन्न नसकिने बताएका छन् । श्रेष्ठको मृत्यु प्राकृतिक कारणले गर्दा भएको हो या कोरोना खोपको असरले हो भन्ने बारेमा शवको पोस्ट मार्टम रिपोर्ट हेरेर मात्र जवाफ दिन सकिने डा. झाले बताए ।
 
श्रेष्ठको शव पोस्ट मार्टमका लागि धादिङ अस्पतालमा राखिएको छ । घरबाट नजिकै रहेको सुनौला बजार स्वास्थ्यचौकीमा रहेको खोप केन्द्रमा हिँडेरै पुगेका श्रेष्ठ खोप लगाएपछि आधा घन्टासम्म खोप केन्द्रमै बसेका थिए । त्यसपछि हिँडेरै घर पुगेको केही बेरमा ढलेपछि तत्काल उपचारका लागि जिल्ला अस्पताल लगिएको हो ।
 
अस्पताल पु¥याउँदा श्रेष्ठको मृत्यु भइसकेको आफन्तले बताए । शुक्रबार धादिङको स्थानीय तहहरुले खोप कार्यक्रम सञ्चालन गरेका थिए । सोही क्रममा नीलकण्ठ नगरपालिकाले वडा नम्बर ६ स्थित सुनौलाबजार स्वास्थ्यचौकीमा खोप कार्यक्रम सञ्चालन गरेको थियो ।