मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

थप २९७७ जनामा कोरोना पुष्टि, १८ जनाको मृत्यु

थप २९७७ जनामा कोरोना पुष्टि, १८ जनाको मृत्यु


काठमाडौँ । नेपालमा पछिल्लो २४ घन्टामा २९७७ सङ्क्रमित थपिएका छन् भने एक हजार ६७८ जना सङ्क्रमणमुक्त भएका छन् । जम्मा १३ हजार ६९८ लाई पिसिआर र तीन हजार ६१० को एन्टिजिन विधिबाट गरी जम्मा १७ हजार ३०८ जनामा भएको परीक्षणमा सो सङ्क्रमण देखिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । 
 
पछिल्लो २४ घन्टामा नै १८ जनाको कोभिडका कारण मृत्यु भएको छ । हाल मोरङ, सुनसरी, झापा, काठमाडौँ, भक्तपुर, ललितपुर, चितवन, नवलपरासी पूर्व, कास्की र रुपन्देही गरी देशभरका १० जिल्लामा सक्रिय सङ्क्रमित ५०० भन्दा बढी रहेका छन् । २४ जिल्लामा सक्रिय सङ्क्रमितको सङ्ख्या २०० भन्दा बढी रहेको छ । काठमाडौँ उपत्यकाका तीन जिल्ला मध्ये काठमाडौँमा पाँच हजार ७८२, ललितपुर एक हजार ११६ र भक्तपुरमा ९४७ सक्रिय सङ्क्रमित रहेका छन् । 
 
हालसम्म देशभरमा गरी ३५ लाख १७ हजार ८८९ जनाको पिसिआर र दुई लाख ८२ हजार १७९ को एन्टीजेन विधिबाट परीक्षण भएको छ । अहिलेसम्म पिसिआर विधिबाट भएको परीक्षणमा जम्मा पोजेटिभ छ लाख ७६ हजार ७०८ देखिएका छन् । हालसम्म सङ्क्रमितमध्ये छ लाख ३९ हजार ३६८ लाई निको भएको छ । सङ्क्रमितमध्ये निको हुने दर ९४ दशमलव पाँच प्रतिशत रहेको छ । हालसम्म नौ हजार ६७९ को मृत्यु भएको छ । 
 
कोभिडविरुद्ध पहिलो मात्राको खोप लगाउनेको सङ्ख्या ३३ लाख ४९ ९५१ रहेको छ भने पूर्ण मात्राको खोप लगाउनेको सङ्ख्या १३ लाख १२ हजार १२ रहेको छ । सङ्क्रमितमध्ये पुरुष ६० दशमलव ३८ प्रतिशत र महिला ३९ दशमलव ६२ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ । रासस