मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

बुधबार थप २८३८ जनामा कोरोना सङ्क्रमण, १४७५ निको, ३० जनाको मृत्यु

बुधबार थप २८३८ जनामा कोरोना सङ्क्रमण, १४७५ निको, ३० जनाको मृत्यु


काठमाडौँ । बुधबार देशभर दुई हजार ८३८ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले गरेको नियमित पत्रकार सम्मेलनमा दिइएको जानकारीअनुसार १२ हजार ६१६ जनामा परीक्षण गर्दा दुई हजार ८३८ जनामा सङ्क्रमण पुष्टि भएको हो । 
 
पछिल्लो २४ घन्टामा आठ हजार ७१५ जनाको पिसिआर र तीन हजार ९०१ जनामा एन्टिजेन परीक्षण गरिएको थियो । आज पुष्टि भएको नयाँ सङ्क्रमितसँगै देशभर बिरामीको सङ्ख्या सात लाख २४ हजार ४५५ पुगेको छ भने छ लाख ३६ हजार ४०२ जना पूर्ण स्वास्थ्य लाभ गरी घर फर्किएका मन्त्रालयका सहप्रवक्ता डा समीरकुमार अधिकारी जानकारी दिए । 
 
अहिले सक्रिय सङ्क्रमितको सङ्ख्या २६ हजार ८३२ रहेको छ । उनका अनुसार नेपालमा सङ्क्रमणदर १९।२ प्रतिशत रहेको जानकारी दिए । पिसिआर परीक्षण गरिएकामध्ये दैनिक २५ प्रतिशतलाई सङ्क्रमण भइरहेको उनले बताए । एन्टिजेनबाट परीक्षण गर्दा २१ प्रतिशतमा सङ्क्रमण भइरहेको छ । 
 
स्वास्थ्य लाभपछि १,४७५ जना घर फर्किए
 
आज स्वास्थ्य लाभ गरेर घर फर्कनेको सङ्ख्या एक हजार ४७५ पुगेको छ । योसँगै घर छ लाख ३६ हजार ४०२ घर फर्किएका छन् । यस्तै आज ३० जनाको सङ्क्रमणका कारणले निधन भएको छ । योसँगै नौ हजार ६३७ जना सङ्क्रमणका कारणले निधन भएका छन् । प्रति १० लाख जनसङ्ख्यामा ३२४.८ जनाको निधन भएको छ । 
 
उनका अनुसार २४ हजार ३४० जना होम आइसोलेसन, दुई हजार ४९२ जना संस्थागत आइसोलेसन, ६२७ जना सघन उपचार कक्ष र १७१ जना भेन्टिलेटरमा रहेका छन् ।
 
काठमाडौँ उपत्यकामा ६९७ जना थपिए
 
काठमाडौँ उपत्यकामा ६९७ जना सङ्क्रमित थपिएका छन् । ललिपुरमा १२८ जना, काठमाडौँमा ४९० र भक्तपुरमा ७९ जना सङ्क्रमण थपिएका हुन् । उनले अझ पनि धेरै व्यक्ति सङ्क्रमित आशङ्कामा रहेकाले परीक्षणको दर बढाउनुपर्ने बताए । “जति धेरै परीक्षण ग¥यो । त्यति नै मानिसलाई बचाउन सकिन्छ”, उनले भने, “त्यसैले सङ्क्रमितको सङ्ख्या पत्ता लगाउनका लागि परीक्षणको दायरा बढाउनुपर्दछ ।” 
 
सहप्रवक्ता अधिकारीले खोप सबै नागरिकलाई उपलब्ध गराउने बताए । उनले खोप लगाउन जाँदा भीडभाड नगर्न र जनस्वास्थ्यमा मापदण्ड लागू गर्न आग्रह गरे । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका निर्देशक डा अनुप बाँस्तोलाले निधेषाज्ञा खुकुलो भएसँगै सङ्क्रमणको दर बढेकाले जनस्वास्थ्यमा मापदण्ड अपनाउन आग्रह गरेका छन् ।  
 
उनले अहिले पनि अस्पतालमा कोभिड–१९ का सङ्क्रमित आउने क्रममा कमी नभएकाले सचेत रहन आग्रह गरे । उनले कोभिड–१९ सङ्क्रमण निको भए पनि मासपेशी दुख्ने, जोर्नी दुख्ने, मानसिक समस्या हुनेजस्ता समस्या देखिने गरेकाले समयमा नै उपचार गर्न आग्रह गरे । रासस