मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

एमाले माधव समूहका १४ र ओली समूहका आठ सांसद्ले दिए देउवालाई मत

एमाले माधव समूहका १४ र ओली समूहका आठ सांसद्ले दिए देउवालाई मत


काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पक्षका चार सांसदले समेत प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिएका छन् ।
 
ओली पक्षका सांसदहरु गोपाल बम, प्रेमबहादुर आले, धनबहादुर बुढा, कृष्णकुमार (किसन) श्रेष्ठ, पार्वती विशुंखे, हिराचन्द्र केसी, बिना बुढाथोकी र सविना हुसेनले देउवालाई मत दिएका हुन् । 
 
देउवालाई मत दिनेमा माधवकुमार नेपाल, विरोध खतिवडा, जीवनराम श्रेष्ठ, कल्याणी खड्का, मेटमणि चौधरी, भवानी खापुङ, मुकुन्द न्यौपाने, सरला यादव, पुष्पाकुमारी कर्ण, लक्ष्मी चौधरी, निरादेवी जैरु, रामकुमारी झाँक्री, कलिला खातुन र कृष्णलाल महर्जनले पनि देउवालाई मत दिएका छन् । 
 
यसैबीच, नेकपा (एमाले) का वरिष्ठ नेता माधवकुमार नेपाल पक्षका सांसदले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने तयारी गरे पनि पार्टीको विवाद समाधान कार्यदलमा रहेका नेता र अन्य केही नेपालनिकट मानिने सांसद तटस्थ बसेका छन् ।
 
प्रधानमन्त्री देउवाले राखेको विश्वासको मतको प्रस्तावका लागि प्रतिनिधिसभामा छलफल चलिरहेका बेला कार्यदलमा रहेका एमालेका उपमहासचिव घनश्याम भुसाल, सचिव गोकर्णराज विष्ट, स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डे बैठकबाट बाहिरिएका थिए । 
 
उनीहरूसँगै निस्किएकी सांसद झपट रावलले जनता समाजवादी पार्टीका सबै सांसदले देउवालाई समर्थन गरेकाले आफूहरू मतदानमा भाग नलिएको बताइन् ।  
 
सोही समूहका सांसद् निरादेवी जैरुले भने कार्यदलमा रहेका नेताहरूमात्रै तटस्थ रहने र अन्यले मत दिने जनाइन् । एमालेका उपाध्यक्ष डा भीमबहादुर रावलले यही घटनामा सांसदबाट राजीनामा दिइसकेका छन् । 
 
कार्यदलमा रहेका भुसाल, पाण्डे, विष्ट र रावलले विश्वासको मत नदिए पनि एमालको माधवकुमार पक्षका १८ जनाले देउवाको पक्षमा मतदान गरेका छन् ।