मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

संयुक्त राष्ट्र संघको वरियतामा नेपाली सेना दोस्रो स्थानमा

संयुक्त राष्ट्र संघको वरियतामा नेपाली सेना दोस्रो स्थानमा


काठमाडौँ । नेपाली सेना संयुक्त राष्ट्र संघको आह्वान्मा शान्ति सैनिक पठाउने सूचीमा दोस्रो स्थानमा स्तरोन्नति भएको छ । 
 
संयुक्त राष्ट्र संघको १२ शान्ति स्थापनार्थ मिसनमा सहभागी नेपाली सेना राष्ट्र संघको वरियता सूचीमा तेस्रो स्थानबाट अहिले दोस्रो स्थानमा उक्लिएको हो ।
 
राष्ट्र संघले विभिन्न मिसनमा फौजको संख्या घटाइरहेका बेला नेपालको राम्रो कार्य क्षमताका कारण संख्या थपको माग भइरहेको सेनाका प्रवक्ता सहायक रथी सन्तोष बल्लभ पौडेलले जानकारी दिए । 
 
विश्वका विभिन्न द्वन्द्वग्रस्त देशमा संयुक्त राष्ट्र संघको आह्वान्मा शान्ति स्थापनार्थ तैनाथ करिब १२१ राष्ट्रमध्ये संख्याका आधारमा बंगलादेश, नेपाल, भारत, इथियोपिया र रुवान्डा क्रमशः अग्रणी छन् । रासस 
 

शेयर गर्नुहोस:

27
Shares