मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ग्लोबल   

अत्यधिक वर्षाको कारण युरोपमा भीषण बाढी : १०८ को मृत्यु

अत्यधिक वर्षाको कारण युरोपमा भीषण बाढी : १०८ को मृत्यु


बर्लिन । अत्यधिक वर्षाका कारण आएको भीषण बाढीमा परी जर्मनी ९३ व्यक्तिको मृत्यु भएको स्थानीय अधिकारीहरुले शुक्रबार जानकारी दिएका छन् । त्यसैसँगै यस प्रकोपबाट युरोपमा हालसम्म १०८ जनाको मृत्यु भएको समाचारमा जनाइएको छ । 
 
धेरैको क्षति जर्मनीमा भएको छ भने बेल्जियममा  कम्तीमा ११ जनाको मृत्यु हुनको साथै हराइरहेका मानिसहरूको सङ्ख्या बढी रहेको बताइएको छ । जर्मनीको वेस्ट फेलिया प्रान्तका नर्थ राइने बाढीको सबैभन्दा बढी प्रभाव परेको बताइएको छ  । 
 
यस प्रकोपबाट यहाँ ४३ व्यक्तिको मृत्यु भएको बताइएको छ ।  यस क्षेत्रमा यसअघि नै ३१ व्यक्तिको मृत्यु भएको राज्यका अधिकारीहरुले जानकारी दिएका छन् । शुक्रवार उक्त क्षेत्रमा धेरै पानी पर्ने पूर्वानुमान गरिएको छ । 
 
विज्ञहरूले जलवायु परिवर्तनका कारण मौसमको कठोर प्रभावका घटना तीव्र रूपमा दोहरिरहने ठानिएको तर कुनै एक्लो घटनालाई त्यससँग जोड्नु जटिल भएको बताएको छ । नर्थ राइन वेस्ट फेलियाका प्रमुख आर्मिन लशेटले अति प्रभावित क्षेत्रमा पुगेका बेला मौसमको पराकाष्ठाको निम्ति जलवायु परिवर्तनलाई दोष दिएका छन् ।  
 
हाल अमेरिका भ्रमणका क्रममा रहेकी जर्मनीकी चान्सलर एंगेला मर्केलले राष्ट्रपति जो बाइडेनसँग भेट गर्नुअघि उक्त बाढीलाई विपद्को संज्ञा दिएका छन् । एएफपी