मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

वरिष्ठ नेता नेपालले प्रधानमन्त्री देउवालाई भने, ‘हामी तपाईंको साथमै छौँ’

वरिष्ठ नेता नेपालले प्रधानमन्त्री देउवालाई भने, ‘हामी तपाईंको साथमै छौँ’


काठमाडौँ । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले प्रधानमन्त्री शेरबहादुर देउवालाई आफूहरु साथमै रहेकाले जनतालाई आशा जगाउने काम गरर अघि बढ्न सुझाव दिएका छन् । नेता नेपाललाई भेट्न प्रधानमन्त्री देउवा नेपाल निवास कोटेश्वरमा पुगेका थिए ।
 
उनले आफूहरुले रिटमा नै पूर्ण संसदका लागि माग गरेको भन्दै विश्वासको मत दिने कि नदिने भन्ने त्यसमै उल्लेख गरिएको बताए । उनले आफूहरु साथमै रहेकोले देउवालाई विश्वासको मत दिन तयार रहेको आश्वासन दिए । 
 
“रिटमा जे माग गरेका छौँ त्यो पूरा भएको छैन । यो संसदलाई पूरा कार्यकाल चल्न दिन वैकल्पिक सरकार खोजेको हो,” उनले भने, “त्यसका लागि गठबन्धन जन्मिएको हो । गठबन्धनले संसद्को पूर्ण आयूका लागि काम गर्नेछ ।”
 
संविधानको धारा ७६(५) अनुसार देउवाले प्रधानमन्त्रीमा दाबी गर्न एमालेका २८ सांसदले हस्ताक्षर गरेका थिए । तर उनी र केपी शर्मा ओली दुबैको दाबी नपुगेको भन्दै प्रतिनिधिसभा भंग भएपछि देउवालाई प्रधानमन्त्री नियुक्त गर्न परमादेशको माग गर्दै सर्वोच्च अदालत गएका १४६ सांसदमा नेपाल समूहका २३ सांसद थिए । 
 
सोही मुद्दामा सोमबार फैसला सुनाएको सर्वोच्चले संसद पुनस्र्थापना गर्नुका साथै देउवालाई प्रधानमन्त्री नियुक्त गर्न परमादेश दिएको थियो । 
 
सर्वोच्चले प्रधानमन्त्री नियुक्तिका लागि समर्थन गर्दा वा विश्वासको मत दिँदा हृवीप नलाग्ने र दल त्यागसम्बन्धी कारबाही नहुनेसमेत फैसला गरेको छ । फैसलाअनुसार २९ असारमा प्रधानमन्त्री नियुक्त भएका देउवाले संविधानअनुसार ३० दिनभित्र विश्वासको मत लिनुपर्ने हुन्छ । 
 
जसका लागि माधवकुमार समूहको समर्थन चाहिन्छ । बुधबारै नेकपा एमालेका अध्यक्ष एवं निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीका वरिष्ठ नेता माधवकुमार नेपाललाई अब एमालेमा कुनै ठाउँ नभएको भन्दै आक्रोश पोखेका छन् । 
 
ओलीको कथनले एमाले एकता संकटमा परेको बुझ्न सकिन्छ । ओलीले नेता नेपाललाई गद्दार घोषणा गर्दै क्षमा दिन नसकिने बताउनुले पनि नेता नेपालको समर्थन र विश्वासको मत देउवाले पाउने देखिन्छ । किनभने, देउवा सरकारको स्थायित्व नेता नेपालको साख पनि हो । 

शेयर गर्नुहोस:

1.8k
Shares