मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

बुधबार थप २९०५ जनामा कोरोना सङ्क्रमण, १८ जनाको मृत्यु

बुधबार थप २९०५ जनामा कोरोना सङ्क्रमण, १८ जनाको मृत्यु


काठमाडौँ । कोरोना सङ्क्रमणको दर फेरि बढ्न थालेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय जनाएको छ ।
 
मन्त्रालयले बुधबार गरेको पत्रकार सम्मेलनमा नेपालमा पछिल्लो २४ घन्टामा थप दुई हजार ९०५ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको मन्त्रालयका सहप्रवक्ता प्रा.डा. समीरकुमार अधिकारीले जानकारी दिए । मंगलबार दुई हजार ३९८ जनामा कोरोना सङ्क्रमण पुष्टि थियो । यसैगरी सोमबार दुई हजार ३७० मा र आइतबार एक हजार ८३१ मा कोरोना सङ्क्रमण पुष्टि भएको थियो ।
 
आठ हजार १०८ जनाको पिसिआर विधिबाट परीक्षण गर्दा दुई हजार १० जनामा सङ्क्रमण पुष्टि भएको हो । चार हजार ९१६ जनामा एन्टिजेन विधिबाट परीक्षण गर्दा ८९५ जनामा सङ्क्रमण पुष्टि भएको उनले जानकारी दिए । कोरोना सङ्क्रमणबाट पछिल्लो २४ घन्टामा १८ जनाको मृत्यु भएको छ । हालसम्म कोरोनाबाट निधन हुनेको सङ्ख्या नौ हजार ४३० पुगेको छ । 
 
यस अवधिमा एक हजार ६०६ जना सङ्क्रमणमुक्त भएका छन् । हाल सक्रिय सङ्क्रमितको सङ्ख्या २६ हजार ६४७ जना रहेको मन्त्रालयले जनाएको छ । जसमध्ये २४ हजार ९९ जना होम आइसोलेसनमा र दुई हजार ५४८ जना संस्थागत आइसोलेसनमा रहेको जनाइएको छ ।
 
पछिल्लो २४ घन्टामा काठमाडौँ उपत्यकामा ४२५ जना सङ्क्रमित भेटिएका छन् । जसमध्ये काठमाडौँमा २९४, भक्तपुरमा ६७ र ललितपुरमा ६२ जना सङ्क्रमित भेटिएका हुन् । हालसम्म ३७ लाख ३० हजारले खोप लगाएका छन् । ११ लाखले दुवै चरणको खोप पूरा गरेको कार्यक्रममा जानकारी दिइएको छ । 
 
कोरोनाका कारण स्वास्थ्यसम्बन्धी कुनै समस्या देखिएमा ११३३ टोल फ्रि नं २४ सै घन्टा खुला रहने मन्त्रालय जनाएको छ । स्वास्थ्य सावधानी अपनाउँदै भौतिक दूरी कायम गर्न, सकेसम्म बाहिर ननिस्कन र निस्कनु परेमा अनिवार्यरुपमा मास्कसहित स्वास्थ्य सुरक्षाका विधि अपनाउन पनि मन्त्रालयले आह्वान गरेको छ । रासस  
 

शेयर गर्नुहोस:

27
Shares