काठमाडौँ । नेकपा एमालेका अध्यक्ष एवं निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीका वरिष्ठ नेता माधवकुमार नेपाललाई अब एमालेमा कुनै ठाउँ नभएको भन्दै आक्रोश पोखेका छन् ।
बुधबार सरकारी निवास बालुवाटार छाडेर निजी निवास बालकोट फर्किएका ओलीले आफ्ना समर्थकलाई सम्बोधन गर्दै नेता नेपाललाई पार्टीमा अब पार्टीमा कुनै ठाउँ नरहेको घोषणा गरेका हुन् ।
उनले भने, “माधव नेपाललाई अब पार्टीमा कुनै ठाउँ छैन, उहाँका हकमा गल्ती कमजोरी स्वीकार गर्ने र आत्मालोचना गर्ने पनि ठाउँ छैन, नेपालका पछाडि लाग्ने अरु व्यक्तिले कमीकमजोरी महसुस गरेर पार्टीको काम गर्न चाहेमा भने पार्टीले ठाउँ दिन्छ ।”
अदालतले प्रधानमन्त्री तोकेर विश्वमा कहीँ नभएको जात्रा देखाएको छ भन्दै उनले जनताको बाटो छेकेर अदालतबाट प्रधानमन्त्री तोक्ने विश्वमा कहीँ नभएको नजिर कायम गरिएको आरोप लगाए ।
अध्यक्ष ओलीले सरकारी निवास बालुवाटार छाडेर बालकोट फर्किँदा उनका कार्यकर्ताले सडकमा स्वागत गरेका थिए । रासस
प्रतिक्रिया