मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

थप दुई हजार ३७० मा कोरोना सङ्क्रमण, १८ जनाको मृत्यु

थप दुई हजार ३७० मा कोरोना सङ्क्रमण, १८ जनाको मृत्यु


काठमाडौँ । नेपालमा पछिल्लो २४ घन्टामा थप दुई हजार ३७० जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो समय सात हजार ६८९ पिसिआर परीक्षणमा एक हजार ६९० र तीन हजार ८९५ एन्टिजेन परीक्षण गर्दा ६८० गरी जम्मा दुई हजार ३७० जनामा कोरोना भाइरस पुष्टि भएको हो ।  
 
आजसम्म नेपालमा कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या छ लाख ५७ हजार १३९ पुगेको छ । त्यस्तै पछिल्लो समय थप एक हजार १३३ जना निको भएका छन् । योसँगै निको हुनेको सङ्ख्या छ लाख २१ हजार २७ पुगेको छ । निको हुने दर भने ९४ दशमलव ५ प्रतिशत रहेको छ । 
 
अहिले देशभर २६ हजार  ७१२ सक्रिय सङ्क्रमित छन् ।  यसमध्ये २३ हजार ९४७ जना होम आइसोले।नमा रहेका छन् भने दुई हजार ७६५ संस्थागत आइसोलेशनमा  छन् । कोरोनाका बिरामीमध्ये ५४९ जनाको आइसियु र १६३ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ । 
 
हालसम्म नेपालमा ३४ लाख २३ हजार १६४ को पिसिआर विधिबाट परीक्षण भएको छ । त्यस्तै पछिल्लो समय कोरोनाका कारण १८ जनाको मृत्यु पुष्टि भएको छ । योसँगै नौ हजार ४०० जनाले  कोरोनाका कारण ज्यान गुमाएको मन्त्रालयले जनाएको छ । 
 
पछिल्लो २४ घन्टामा काठमाडौँ उपत्यकामा ४३३ कोरोना सङ्क्रमण पुष्टि भएको छ । यसमा काठमाडौँमा सबैभन्दा धेरै २८९, भक्तपुरमा ५४ र ललितपुरमा ९० जना कोरोना सङ्क्रमित भेटिएका छन् । रासस
 

शेयर गर्नुहोस:

0
Shares