मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ग्लोबल   

पाठकले रोजेका लेखकलाई १५ सय डलरको राइटर अवार्ड

पाठकले रोजेका लेखकलाई १५ सय डलरको राइटर अवार्ड


क्यानडा । अंग्रेजी भाषामा लेखिएका लेख-रचना ‘सेयरिंग साइट’ shiningpens.com ले लेखकलाई अमेरिकी डलर १ हजार पाँचसय डलर राशीको ‘साइनिंगपेन राइटर अवार्ड’ ले पुरष्कृत गर्ने कार्यक्रम ल्याएको छ। 
 
अष्ट्रेलिया र क्यानाडामा नेपाली युवा समूहको अग्रसरतामा सुरु भएको साइनिङ्गपेनमा आफ्ना जीवनका कथा, अनुभव, सामाजीक सरोकारका मुद्दा र विषय, देश विदेशका सिकाइ र भोगाइ, संस्मरण, शिक्षा, रोजगार आदि जुनसुकै विषय र सरोकारका कुरामा अंग्रेजीमा सातसय शब्द वा त्यसमाथि लेखिएका आफ्ना लेख-रचनालाइ यस्तो अवार्ड दिन लागिएको हो । 
 
साइनिङ्ग पेनमा अंग्रेजीमा लेखिएका आफ्ना लेख-रचना छपाउन लेखकले कसैलाई भनसुन गर्नु वा इमेलमा लेख पठाइराख्नु पर्दैन। वेव साइटमा गएर लेखकले मेनु बारमा दिएको ‘पब्लिस’ मा क्लिक गर्दा खुल्ने पेजमा आफ्नो लेख टाइप गरेर वा पेस्ट गरेर त्यहाँ मागिएका अन्य विवरण भरेर पुछारको ‘सब्मिट’ ट्याब थिचेपछि लेख सम्पादकको डेस्कमा पुग्छ। डेस्कले अध्ययन गरेर लेखलाई एक/दुई दिनमा प्रकाशित गरेपछि लेख आम पाठकको लागि साइटमा देखापर्छ। 
 
छापिएका प्रत्येक लेख-रचनाले पाठकबाट पाएको ‘फिडब्याक’का आधारमा प्राप्त हुने तोकिएको अंक आर्जन गर्नेछन्। यसरी प्राप्त हुने अंकमध्ये वर्षभरिमा जुन लेखकको सर्वाधिक अंक हुन्छ उसलाई ‘साइनिंगपेन राइटर अवार्ड’ को बिजेता घोषणा गरिने साइनिङ्ग पेनले जनाएको छ ।  
 
देश विदेशका नयाँ पुस्ताका नेपाली युवायुवतीहरुको लागि अंग्रेजी भाषा लेखपढ र अभिव्यक्ति भाषाको शसक्त माध्यम बन्दै गइरहेको अहिलेको परिवेशमा लेखपढमा रुचि राख्ने युवाहरुलाई लेख्न, पढ्न र विश्व मन्चमा चल्ने भाषामा सिर्जनशील लेखन प्रतिभाको विकास गराउन सहयोग पुगोस् भनेर यो ‘प्ल्याटफर्म’ बनाएर लेखकलाई पुरस्कार पनि दिने कार्यक्रम लायाएको साइनिंगपेन सम्पादन मण्डल सदस्य यम घिमिरेले बताए।    
 
बिजेता कसरी छानिन्छ ?
यो पुरष्कार वार्षिक कार्यक्रम हो। ‘साइनिंगपेन राइटर अवार्ड’को ‘क्यालेन्डर यियर’भित्र  छापिएका लेख-रचनाबाट लेखकले कसरी अंक पाउँछ भन्नेबारे पारदर्शी र प्रष्ट ढंगले वेव साइटको ‘अवार्ड’ ट्याबमा विस्तृतमा उल्लेख गरिएको छ।