काठमाडौँ । सर्वोच्च अदालतमा जनता समाजवादी पार्टी (जसपा) खारेज गर्न आदेशको माग गर्दै रिट निवेदन दायर गरिएको छ ।
निर्वाचन आयोग र जसपालाई विपक्षी राजपाका तत्कालीन उपाध्यक्ष राजकुमार थापाको तर्फबाट अधिवक्ता हृदयराज मिश्रले आज दायर गरेको रिट निवेदनमा जसपालाई खारेज गर्न माग गरिएको हो ।
तत्कालीन राष्ट्रिय जनता पार्टी (राजपा) र समाजवादी पार्टी नेपालबीचको एकीकरण संविधान र कानुनीरुपमा अवैधानिक भएको र कार्यसमितिमा ३३ प्रतिशत महिला पनि नभएको रिट निवेदनमा छ ।
रिट निवेदनमा मुद्दाको अन्तिम टुङ्गो नलागेसम्म जसपाको राजनीतिक क्रियाकलाप, सदस्य हेरफेर तथा अन्य सबै काम कारबाही यथास्थितिमा राख्न र राजनीतिक गतिविधिको सिलसिलामा हुने निर्णयसमेत रोक्न आदेशको माग गरिएको छ । रासस
प्रतिक्रिया