मेरील्याण्ड, अमेरिका । विश्वभर तीन अर्ब ३६ करोड डोज कोरोनाविरुद्ध खोप लगाइएको छ । कोरोनाविरुद्ध खोप लगाएका दश देशको तथ्याङ्क यस प्रकार रहेका छन् ।
चीनमा एक अर्ब ३४ करोड २३ लाख ८१ हजार डोज कोरोनाविरुद्ध खोप लगाइएको छ । भारतमा ३७ करोड २२ लाख ५५ हजार ७८६ डोज कोरोनाविरुद्ध खोप लगाइएको छ । अमेरिकामा ३३ करोड १२ लाख २ हजार ६४१ डोज कोरोनाविरुद्ध खोप लगाइएको छ । ब्राजिलमा दश करोड ३८ लाख २४ हजार ८५४ डोज कोरोना भाइरसविरुद्ध लगाइएको छ ।
बेलायतमा आठ करोड ४ लाख ७२ हजार ५४४ डोज कोरोना भाइरसविरुद्ध खोप लगाइएको छ । जर्मनी सात करोड ९७ लाख २९ हजार २५१ डोज कोरोनाविरुद्ध खोप लगाइएको छ ।पोल्याण्ड छ करोड ११ लाख ३७ हजार २३९ डोज कोरोना भाइरसविरुद्ध खोप लगाइएको छ । फ्रान्स पाँच करोड ७९ लाख ४२ हजार ३६५ डोज कोरोनाविरुद्ध खोप लगाइएको छ ।
टर्कीमा पाँच करोड ६४ लाख १६ हजार १७३ डोज कोरोना भाइरसविरुद्ध खोप लगाइएको छ । इटाली पाँच करोड ६० लाख ४७ हजार ९४८ डोज कोरोनाविरुद्ध खोप लगाइएको छ । एएफपी रासस







प्रतिक्रिया