बिश्व घटना

कोरोना सङ्क्रमणबाट ज्यान गुमाउनेको संख्या ४० लाख २९ हजार नाघ्यो

कोरोना सङ्क्रमणबाट ज्यान गुमाउनेको संख्या ४० लाख २९ हजार नाघ्यो


बेइजिङ । कोरोना भाइरसको संक्रमण भएयता हालसम्म विश्वभर ज्यान गुमाउनेको संख्या ४० लाख नाघेको छ । जोन्स हप्किन्स विश्वविद्यालयले दिएको पछिल्लो विवरणअनुसार विश्वभरमा ४० लाख २९ हजार १२० जनाको मृत्यु भएको छ । 
 
विश्वभर कुल सङ्क्रमितको संख्या १८ करोड ६४ लाख ७४ हजार जना रहेका छन् । विश्वभर तीन अर्ब ३५ करोड ५९ लाख ८७ हजार ११३ डोज कोरोनाविरुद्ध खोप लगाइएको छ । यस्तै, हालसम्म १७ करोड ५ लाख ८३ मानिस संक्रमणमुक्त भएका छन् । 
 
सो विश्वविद्यालयले प्रकाशित गरेको विवरणअनुसार कोरोनाबाट अत्यन्त प्रभावित देशहरुको पहिलो नम्बरमा संयुक्त राज्य अमेरिका रहेको छ । ३ करोड ४६ लाख ७७ हजार जनामा कोरोना पुष्टि भएकोमा ६ लाख २२ हजार २१४ जनाको मृत्यु भएको छ । 
 
यस्तै, भारतमा ३ करोड ७ लाख ५३ हजार जना संक्रमित भएकोमा ४ लाख ५ हजार ७६७ जनाको मृत्यु भएको छ । यस्तै, ब्राजिलमा १ करोड ८९ लाख ६३ हजार संक्रमित भएकोमा ५ लाख ३० हजार ५४४ जनाको मृत्यु भएको छ । सिन्ह्वा रासस