मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ग्लोबल   

भारतमा कोरोना सङ्क्रमितको सङ्ख्यामा फेरि वृद्धि

भारतमा कोरोना सङ्क्रमितको सङ्ख्यामा फेरि वृद्धि


नयाँ दिल्ली । भारतमा कोरोनाभाइरसबाट दैनिक सङ्क्रमितहरुको सङ्ख्यामा फेरि वृद्धि भएको छ । पछिल्ला केही दिन लगातार घट्दै गएकोमा बिहीबार फेरि वृद्धि भएको अधिकारीहरुले जानकारी दिएका छन् । 
 
उनीहरुका अनुसार पछिल्लो २४ घन्टामा भारतमा कोरोनाभाइरसबाट ४५ हजार ८९२ जना नयाँ सङ्क्रमित थपिएका छन् । यसअघि बुधबार एक दिनमा नयाँ सङ्क्रमितको सङ्ख्या ४३ हजार ७३३ रहेको विवरण संघीय स्वास्थ्य मन्त्रालयले सार्वजनिक गरेको थियो ।  
 
भारतमा अहिले सङ्क्रमित अवस्थामै रहेका सङ्क्रमितहरुको कुल सङ्ख्या भने चार लाख ६० हजार ७०४ रहेको मन्त्रालयले जनाएको छ । कुल सङ्क्रमित मध्ये १।५ प्रतिशत मात्रै अहिले सङ्क्रमित अवस्थामा रहेका हुन् । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा भारतमा ८१७ जनाको कोरोनाभाइरसका कारण मृत्यु भएको छ । योसँगै भारतमा अहिलेसम्म कोरोनाभाइरसका कारण कुल मृतकको सङ्ख्या चार लाख पाँच हजार २८ पुगेको छ । 
 
कोरोनाभाइरसको महामारी फैलिएदेखि अहिलेसम्म भारतमा दुई करोड ९८ लाख ४३ हजार ८२५ जना कोरोनाभाइरसबाट सङ्क्रमित भएर पनि अहिले सङ्क्रमणमुक्त भइसकेका छन् । ती मध्ये ४४ हजार २९१ जना पछिल्लो २४ घन्टामा सङ्क्रमणमुक्त भएका हुन । 
 
भारतीय चिकित्सा अनुसन्धान परिषद्ले दिएको जानकारीअनुसार भारतमा अहिलेसम्म ४२ करोड ५२ लाख २५ हजार ८९७ पटक स्वाब परीक्षण गरिएको छ । एएनआई