मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ग्लोबल   

विश्वभर कोरोना भाइरसबाट १८ करोड ५० लाख संक्रमित, मृत्यु हुनेको संख्या ४० लाख नाघ्यो

विश्वभर कोरोना भाइरसबाट १८ करोड ५० लाख संक्रमित, मृत्यु हुनेको संख्या ४० लाख नाघ्यो


काठमाडौँ । विश्वभरमा कोरोना भाइरसबाट सङ्क्रमितको संख्या १८ करोड ५० लाख ६० हजार ३९९ पुगेको छ । जोन्स हप्किन्स विश्वविद्यालयले दिएको पछिल्लो विवरणअनुसार विश्वभर कोरोना संक्रमितको संख्या १८ करोड ५० हजार नाघेका छन् । कोरोना भाइरसको संक्रमण सुरु भएयता हालसम्म विश्वभर यस सङ्क्रमणबाट ४० लाख ४ हजारको मृत्यु भएको छ ।  
 
जसमा सबैभन्दा बढी संयुक्त राज्य अमेरिकाका रहेका छन् । अमेरिकामा संक्रमितको कुल संख्या तीन करोड ४५ लाख ९९ हजार पुगेको छ भने छ लाख २१ हजार ३३५ जनाले ज्यान गुमाएका छन् । 
 
यस्तै, दोस्रोमा बढी संक्रमित हुने मुलुकमा भारत रहेको छ । भारतमा कुल तीन करोड ६ लाख १९ हजार ९३२ जना संक्रमित रहेकोमा ४ लाख ३ हजार ३१० जनाले ज्यान गुमाएका छन् । यस्तै, तेस्रोमा ब्राजिल सबैभन्दा प्रभावित बनेको छ । ब्राजिलमा कुल एक करोड ८७ लाख ९२ हजार ५१२ जना संक्रमित रहेका छन् भने पाँच लाख २५ हजार २२९ जनाले ज्यान गुमाएका छन् । 
 
यसैगरी, फ्रान्समा ५७ लाख ८७ हजार संक्रमित रहेकोमा एक लाख ११ हजार १९७ जनाले ज्यान गुमाएका छन् । रुसमा ५६ लाख ५८ हजार ६७२ जना संक्रमित भएकोमा एक लाख ३९ हजार ३१६ जनाको मृत्यु भएको छ । टर्कीमा संक्रमितको संख्या ५४ लाख ४९ हजार ४६४ रहेकोमा ४९ हजार ९५९ जनाको मृत्यु भएको छ ।
 
यसैगरी, बेलायतमा कुल ४९ लाख ३० हजार ५३४ जना संक्रमित रहेकोमा एक लाख २८ हजार २३१ जनाको निधन भएको छ । अर्जेन्टिनामा कुल संक्रमित ४५ लाख ५२ हजार ७५० रहेकोमा ९६ हजार ५२१ जनाले ज्यान गुमाएका छन् । कोलम्बियामा ४३ लाख ७५ हजार ८२१ जना संक्रमित भएकोमा एक लाख ९ हजार ४४६ जनाले ज्यान गुमाएका छन् । 
 
इटालीमा ४२ लाख ६३ हजार ७९७ संक्रमित रहेकोमा एक लाख २७ हजार ६८० जनाको मृत्यु भएको छ । स्पेनमा ३८ लाख ६६ हजार ४७५ जना संक्रमित रहेकोमा ८० हजार ९३४ को ज्यान गएको छ । 
 
यस्तै, जर्मनीमा कुल ३७ लाख ३८ हजार ८४३ जना संक्रमित रहेकोमा ९१ हजार ५९५ जनाले ज्यान गुमाएका छन् । इरानमा ३२ लाख ८६ हजार ९२३ जना संक्रमित भएकोमा ८५ हजार ९५ जनाको मृत्यु भएको छ । पोल्याण्डमा २८ लाख ८० हजार ४०३ जनामा कोरोना संक्रमण भएकोमा ७५ हजार ९५ जनाको निधन भएको छ । 
 
यस्तै, मेक्सिकोमा २५ लाख ४१ हजार ८७३ जना संक्रमित रहेकोमा दुई लाख ३३ हजार ६८९ जनाले ज्यान गुमाएको जोन्स हप्किन्स विश्वविद्यालयले सार्वजनिक गरेको तथ्यांकमा उल्लेख गरिएको छ । यो विवरण विश्वभरका सबैभन्दा बढी प्रभावित १५ मुलुकको हो । एजेन्सीहरुको सहयोगमा