मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

सोमबार २६२२ जना संक्रमित, २२११ जना निको, २६ जनाको मुत्यु

सोमबार २६२२ जना संक्रमित, २२११ जना निको, २६ जनाको मुत्यु


काठमाडौँ । नेपालमा सोमबार थप २६२२ मा कोभिड–१९ सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार सात हजार ४९९ नमूनाको पिसिआर परीक्षण गर्दा एक हजार ७४५ र चार हजार २८ एन्टिजेन परीक्षण गर्दा ८७७ गरी दुई हजार ६२२ मा कोरोना सङ्क्रमण देखिएको हो ।
 
हालसम्म छ लाख ११ हजार ४२९ कोभिड–१९ बाट मुक्त भई घर फर्किएका छन् । पछिल्लो २४ घन्टामा देशभर २२११ सङ्क्रमित निको भएर घर फर्किएका छन् । 
 
हाल देशभर रहेका २५ हजार ६९० सक्रिय सङ्क्रमितमध्ये २२ हजार ९९८ होम आइसोलेसनमा रहेका छन् । यस्तै संस्थागत आइसोलेसनमा दुई हजार ६९२ रहेका छन् । तीमध्ये ५७१ जनाको आइसियू र १८० को भेन्टिलेटरमा उपचार भइरहेको छ । निको हुने दर ९४.६ रहेको छ । 
 
पछिल्लो २४ घन्टामा थपिएका सङ्क्रमितमध्ये ५६२ काठमाडौँ उपत्यकाका हुन् । सोमा काठमाडौँका ३७८, ललितपुरका १२४ र भक्तपुरका ६० जना छन् ।
 
पछिल्लो समय नेपालमा कोभिड–१९ को सङ्क्रमणबाट थप २३ को मृत्यु भएको छ । योसँगै कोभिड–१९ को सङ्क्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या नौ हजार २४८ पुगेको मन्त्रालयले जनाएको छ ।  

शेयर गर्नुहोस:

162
Shares