मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बिजनेस/ इकोनोमी   

जुनमा भित्रिए एघार सय पर्यटक

जुनमा भित्रिए एघार सय पर्यटक


काठमाडौँ । गत जुन महिनामा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालय हुँदै जम्मा एक हजार १०० विदेशी नेपाल भित्रिएका छन् । दोस्रो लहरको कोरोना भाइरस सङ्क्रमणलाई ध्यानमा राख्दै नेपाल सरकारले गत वैशाख २३ गतेदेखि अन्तर्राष्ट्रिय उडान बन्द गरेको थियो ।
 
अध्यागमन विभागले सार्वजनिक गरेको जुन महिनाको तथ्यांकअनुसार नियमित उडान बन्द भएका समयमा चार्टर्ड तथा उद्धार उडानमार्फत १११ देशबाट एक हजार १४३ विदेशी नेपाल भित्रिएका हुन् । 
 
यसमा ७०८ पुरूष, ४३४ महिला र एक जना अन्य नागरिक भित्रिएका हुन् । विभागले तथ्यांकअनुसार जुन महिनामा एक हजार १४३ विदेशी र नौ हजार ५५९ जना नेपाली गरी एक महिनामा १० हजार ७०२ जना नागरिक स्वदेश भित्रिएका छन् ।
 
निषेधाज्ञाका समयमा नेपाल भित्रनेभन्दा बाहिरिने विदेशी पर्यटक धेरै रहेका छन् । जुन महिनामा एक हजार १४३ विदेशी नेपाल भित्रने तीन हजार ६०६ बाहिरिएका छन् । एक महिनामा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालय हुँदै तीन हजार ६०६ जना विदेशी र नौ हजार ६५१ नेपाली गरी १३ हजार २५६ जना बाहिरिएका हुन् ।
 
कोरोना महामारी र लामो समयको बन्दाबन्दीपछि नेपालमा सबैभन्दा धेरै पर्यटक अप्रिल महिनामा नेपाल भित्रिएका थिए । विभागको तथ्यांकअनुसार अप्रिल महिनामा १४४ देशबाट २२ हजार ४५० जना विदेशी नेपाल भित्रिएका थिए । सन् २०२१ को छ महिनामा नेपालमा विभिन्न देशका ५८ हजार ५८ जना विदेशी पर्यटक भित्रिएका छन् । रासस