मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

शनिबार थप २३२८ जनामा कोरोना संक्रमण, एकैदिन ३०६६ जना निको

शनिबार थप २३२८ जनामा कोरोना संक्रमण, एकैदिन ३०६६ जना निको


काठमाडौँ । नेपालमा पछिल्लो २४ घन्टामा देशभर २३२८ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । 
 
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार सोही अवधिमा १० हजार १३३ जनाको परीक्षण गर्दा दुई हजार ३२८ जनामा सङ्क्रमण पुष्टि भएको हो । त्यसैगरी सोही अवधिमा ३०६६ जना सङ्क्रमण मुक्त भएका छन् । 
 
मन्त्रालयका अनुसार देशभर हालसम्म कोरोना सङ्क्रमितको कुल सङ्ख्या ६ लाख ४३ हजार ५८० जना र निको हुनेको सङ्ख्या ६ लाख ६६ हजार ६६६ पुगेको छ । 
 
सोही अवधिमा सङ्क्रमणबाट १९ जनाको मृत्यु भएको छ । योसँगै मृत्यु हुनेको सङ्ख्या ९ हजार १९८ पुगेको मन्त्रालयले जनाएको छ । 

शेयर गर्नुहोस:

0
Shares