मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ग्लोबल   

विश्वभर १८ करोड ३५ लाख बढीमा कोरोना संक्रमण, ३९ लाख ७४ हजारको मृत्यु

विश्वभर १८ करोड ३५ लाख बढीमा कोरोना संक्रमण, ३९ लाख ७४ हजारको मृत्यु


काठमाडौँ । विश्वभरमा कोरोना भाइरसबाट सङ्क्रमितको संख्या १८ करोड ३५ लाख ४६ हजार ४५५ पुगेको छ । जोन्स हप्किन्स विश्वविद्यालयले दिएको पछिल्लो विवरणअनुसार विश्वभर कोरोना संक्रमितको संख्या १८ करोड ३५ हजार नाघेका छन् । कोरोना भाइरसको संक्रमण सुरु भएयता हालसम्म विश्वभर यस सङ्क्रमणबाट ३९ लाख ७४ हजारको मृत्यु भएको छ ।  
 
जसमा सबैभन्दा बढी संयुक्त राज्य अमेरिकाका रहेका छन् । अमेरिकामा संक्रमितको कुल संख्या तीन करोड ४५ लाख ६१ हजार पुगेको छ भने छ लाख २० हजार ६४६ जनाले ज्यान गुमाएका छन् । 
 
यस्तै, दोस्रोमा बढी संक्रमित हुने मुलुकमा भारत रहेको छ । भारतमा कुल तीन करोड ४ लाख ६५ हजार १८५ जना संक्रमित रहेकोमा ४ लाख ४३४ जनाले ज्यान गुमाएका छन् । यस्तै, तेस्रोमा ब्राजिल सबैभन्दा प्रभावित बनेको छ । ब्राजिलमा कुल एक करोड ८६ लाख २२ हजार ६५३ जना संक्रमित रहेका छन् भने पाँच लाख २० हजार १८९ जनाले ज्यान गुमाएका छन् । 
 
यसैगरी, फ्रान्समा ५७ लाख ७७ हजार ७९७ संक्रमित रहेकोमा एक लाख ११ हजार १११ जनाले ज्यान गुमाएका छन् । रुसमा ५५ लाख ६१ हजार ३६० जना संक्रमित भएकोमा एक लाख ३६ हजार ५६५ जनाको मृत्यु भएको छ । टर्कीमा संक्रमितको संख्या ५४ लाख ३० हजार ९४० रहेकोमा ४९ हजार ७७४ जनाको मृत्यु भएको छ ।
 
यसैगरी, बेलायतमा कुल ४८ लाख २८ हजार ४६३ जना संक्रमित रहेकोमा एक लाख २८ हजार १६२ जनाको निधन भएको छ । अर्जेन्टिनामा कुल संक्रमित ४४ लाख ९१  हजार ७८२ रहेकोमा ९४ हजार ७७२ जनाले ज्यान गुमाएका छन् । कोलम्बियामा ४२ लाख ६९ हजार २९७ जना संक्रमित भएकोमा एक लाख ७ हजार १३७ जनाले ज्यान गुमाएका छन् । 
 
इटालीमा ४२ लाख ६० हजार ७८८ संक्रमित रहेकोमा एक लाख २७ हजार ५८७ जनाको मृत्यु भएको छ । स्पेनमा ३७ लाख २१ हजार ३०५ जना संक्रमित रहेकोमा ८० हजार ८८३ को ज्यान गएको छ । 
 
यस्तै, जर्मनीमा कुल ३७ लाख ३६ हजार ९४० जना संक्रमित रहेकोमा ९१ हजार ५३० जनाले ज्यान गुमाएका छन् । इरानमा ३२ लाख ३२ हजार ६९६ जना संक्रमित भएकोमा ८४ हजार ५१६ जनाको मृत्यु भएको छ । पोल्याण्डमा २८ लाख ८० हजार १०७ जनामा कोरोना संक्रमण भएकोमा ७५ हजार ६५ जनाको निधन भएको छ । 
 
यस्तै, मेक्सिकोमा २५ लाख २५ हजार ३५० जना संक्रमित रहेकोमा दुई लाख ३३ हजार २४८ जनाले ज्यान गुमाएको जोन्स हप्किन्स विश्वविद्यालयले सार्वजनिक गरेको तथ्यांकमा उल्लेख गरिएको छ । यो विवरण विश्वभरका सबैभन्दा बढी प्रभावित १५ मुलुकको हो । एजेन्सीहरुको सहयोगमा