मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ग्लोबल   

ब्राजिलमा कोभिड-१९ बाट एकैदिन दुई हजारभन्दा बढीको मृत्यु

ब्राजिलमा कोभिड-१९ बाट एकैदिन दुई हजारभन्दा बढीको मृत्यु


रियो डे जेनेरियो । ब्राजिलमा कोभिड–१९ को सङ्क्रमणबाट एकैदिनमा दुई हजारभन्दा बढीको ज्यान गएको स्वास्थ्य अधिकारीहरुले जानकारी दिएका छन् । २४ घन्टामा कोरोना भाइरस सङ्क्रमणबाट दुई हजार २९ जनाको निधन भएको सो समाचारमा जनाइएको हो ।
 
ब्राजिलमा कोरोना भाइरसको सङ्क्रमण शुरु भएयता हालसम्म यस प्रकोपबाट ज्यान जाने व्यक्तिको संख्या पाँच लाख नाघेको छ । यहाँका स्वास्थ्य अधिकारीहरुले दिएको जानकारीअनुसार ब्राजिलमा अहिलेसम्म अर्थात् मंगलबार सम्ममा ५ लाख २० हजार ९५ जनाको कोरोना भाइरसको संक्रमणबाट ज्यान गएको बताइएको छ ।
 
त्यसैगरी बिहीबार मात्र २४ घन्टामा यहाँ ६५ हजार जनाभन्दा बढी सङ्क्रमित भेटिएका पनि बताइएको छ । अघिल्लो दिनको भन्दा बढी संक्रमित बिहीबार भेटिएका हुन् ।यहाँ अहिलेसम्ममा १ करोड ८६ लाख ५४ हजारभन्दा बढी नागरिक संक्रमित भएका पनि बताइएको छ । ब्राजिलको स्वास्थ्य मन्त्रालयले दिएको जानकारीमा यहाँ पछिल्लो समयमा सङ्क्रमित हुनेको संख्या बढेको पाइएको छ । त्यसैगरी मृत्यु हुनेहरुको संख्या पनि केही हप्ता अघि घटेको देखिएकोमा अहिले बढेको छ ।
 
ब्राजिलको साओ पाओलो सहर सुरुदेखि नै यो सङ्क्रमणको केन्द्रविन्दुको रुपमा रहेको पनि पाइएको छ । ब्राजिल कोरोना भाइरस संङ्क्रमणको कारण संयुक्त राज्य अमेरिकापछि सबैभन्दा बढी नागरिकको ज्यान जाने देशको रुपमा परेको छ । सिन्ह्वा