मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ग्लोबल   

भारतमा कोरोना संक्रमितको संख्या घट्दै, थप ३७ हजार ५६६ जनामा संक्रमण

भारतमा कोरोना संक्रमितको संख्या घट्दै, थप ३७ हजार ५६६ जनामा संक्रमण


नयाँ दिल्ली । भारतमा कोरोना संक्रमितको संख्या घट्दै गएको छ । गत २४ घन्टामा ३७ हजार ५६६ थप व्यक्तिमा कोरोना सङ्क्रमण भएको छ । यससँगै कोरोना सङ्क्रमितको कुल सङ्ख्या तीन करोड ३ लाख १६ हजार ८९७ पुगेको केन्द्रीय स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
 
भारतमा गत २४ घन्टामा भएको कोरोना सङ्क्रमित यो संख्या विगत १०२ दिनयताकै सबैभन्दा कम हो । ४० हजारभन्दा कम व्यक्ति कोरोना सङ्क्रमण भएको १०२ पछि यो पहिलो पटक हो । भारतमा सोमबार कोरोना सङ्क्रमणबाट ९०७ व्यक्तिको मृत्यु भएको छ ।
 
करिब ७० दिनपछि भारतमा गत दई दिनयतादेखि एक हजारभन्दा कम व्यक्तिले कोरोनाबाट ज्यान गुमाएका छन् । गत अप्रिल १४ मा भारतका कोरोना सङ्क्रमणबाट एक हजार भन्दा बढीको मृत्यु भएको थियो । कोरोना प्रकोपबाट ज्यान गुमाउनेको संख्या तीन लाख ९७ हजार ६३७ पुगेको छ ।
 
हाल भारतमा पाँच लाख ५२ हजार ६५९ जना सक्रिय सङ्क्रमित रहेका छन् । भारतमा कोरोना शुरु भएदेखि हालसम्म दुई करोड ९३ लाख ६६ हजार ६०१ व्यक्ति कोरोना मुक्त भएका छन् । यहाँ कोरोना भाइरस मुक्ति दर ९६।८७ प्रतिशत रहेको छ ।
 
यहाँ गत जनवरी १६ बाट कोरोना भाइरसविरुद्धको खोप अभियान सुरु भएको थियो । सो समयदेखि हालसम्म ३२ करोड ९० लाख २९ हजार ५१० डोज कोरोनाविरुद्धको खोप लगाइएको छ । सिन्ह्वा र रासस