मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

नेपालमा बुधबार २४२१ जनामा कोरोना पुष्टि, ८१ जनाको निधन

नेपालमा बुधबार २४२१ जनामा कोरोना पुष्टि, ८१ जनाको निधन


काठमाडौँ । नेपालमा पछिल्लो २४ घन्टामा थप २४२१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ७४६१ जनामा गरिएको पिसिआर परीक्षणमा १५११ र ४९५३ जनामा गरिएको एन्टिजेन परीक्षणमा ९१० जनामा संक्रमण पुष्टि भएको हो ।
 
बुधबार ३५५८ जना संक्रमणमुक्त भएका छन् । नेपालमा हालसम्म कोरोना संक्रमणबाट मुक्त हुने कुल संख्या ५ लाख ६८ हजार ४४० जना पुगेको छ ।
 
यस्तै, बुधबार कोरोना संक्रमणबाट ८१ जनाको मृत्यु भएको छ । जसमध्ये पछिल्लो २४ घन्टामा ५२ जनाको मृत्यु भएको हो । बाँकी २९ जना भने सेनाले व्यवस्थापन गरेको शव विगतको तथ्यांकमा छुट भएकाको संख्या समावेश गरिएको हो । 
 
योसँगै कोरोना भाइरसबाट हालसम्म मृत्यु हुनेको कुल संख्या ८८९४ पुगेको छ । 
 

शेयर गर्नुहोस:

108
Shares