मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ग्लोबल   

न्यूजील्याण्डमा १२ देखि १५ वर्षसम्मका किशोर किशोरीलाई पनि खोप लगाइने

न्यूजील्याण्डमा १२ देखि १५ वर्षसम्मका किशोर किशोरीलाई पनि खोप लगाइने


न्युजिल्यान्ड । न्युजिल्यान्डमा १२ देखि १५ वर्षसम्मका किशोरकिशोरीहरुलाई पनि कोरोना भाइरसविरुद्धको खोप लगाइने भएको छ । न्युजिल्यान्डको औषधि नियामक निकायले फाइजर खोप सो उमेर समूहलाई लगाउन सकिने निष्कर्ष निकालेको हो ।
 
यस सम्बन्धमा औषधि नियामक निकायले गरेको सिफारिसलाई मन्त्रिपरिषद्ले आगामी हप्ता पारित गर्ने अपेक्षा गरिएको अधिकारीहरुले जानकारी दिएका छन् । 
 
प्रधानमन्त्री जसिन्डा अर्डेर्नले मन्त्रिपरिषदबाट यो प्रस्ताव पारित गरेपछि १२ देखि १५ वर्षसम्मका किशोरकिशोरीहरुलाई खोप लगाउन थालिने भएको छ । यसवर्षको अन्त्यसम्ममा उनीहरुलाई खोप लगाएर सकिने अनुमान गरिएको छ । 
 
अहिलेसम्म कोरोनाभाइरसका कारण बालबालिकाहरुमा परेको असर तुलनात्मक रुपमा कम देखिएका छन् । विशेष गरेर उनीहरुलाई गम्भीर बनाएका घटना पनि कम भएको अधिकारीहरुले जनाएका छन् । तर, पनि उनीहरुलाई खोप लगाउनुपर्ने आवश्यकता देखिएको छ । उनीहरुलाई खोप लगाउने पर्ने मुख्य दुई कारण ठानिएको छ । 
 
पहिलो कारण उनीहरु आफैँलाई धेरैले असर नपरे पनि उनीहरुले अरुलाई सार्न सक्ने सम्भावना रहने भएकाले उनीहरुलाई खोप लगाउनुपर्ने सुझाव आएको छ । अर्को, बालबालिकालाई अहिले मृत्युकै घटना नभए पनि त्यसले दीर्घकालीन असर भने पर्ने देखिएको छ । 
 
किशोरकिशोरीहरुलाई पनि खोप लगाउने निर्णय अन्य केही देशहरुले पनि गरिसकेकाले न्युजिल्यान्डले समेत उनीहरुलाई खोप लगाउने निर्णय गर्न लागेको हो । पिटिआई/रासस