मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बिश्व घटना   

इरानमा राष्ट्रपतीय निर्वाचनको मतपत्र बोकेको हेलिकोप्टर दुर्घटना

इरानमा राष्ट्रपतीय निर्वाचनको मतपत्र बोकेको हेलिकोप्टर दुर्घटना


तेहरान । इस्लामिक मुलुक इरानको राष्ट्रपतिका लागि शुक्रबार भएको मतदानको मतपत्रको बाकस बोकेको होलिकोप्टर दुर्घटनाग्रस्त भएको बताइएको छ । इरानको दक्षिण पश्चिमी प्रान्त खुजेस्तानमा शनिबार मतपत्र बोकेको सो होलिकोप्टर दुर्घटनाग्रस्त भएको बताइएको छ । त्यसमा रहेका एकजनाको ज्यान गएको छ । 
 
सो हेलिकोप्टर कसरी दुर्घटना भयो र त्यसमा केकति मत्रपत्र र को को थिए भन्ने बारेमा भने केही खुलाइएको छैन । यहाँ शुक्रबार मतदान भएको थियो । मतदानका लागि बिहान सात बजेदेखि मतदान केन्द्रहरु खुलेका थिए । 
 
इरानको यस निर्वाचनमा यहाँका सर्वोच्च नेता आयतुल्लाह खामेनीको अध्यक्षतामा रहेको उम्मेदवार छनौट समितिले सुधारवादी र पूर्वराष्ट्रपति हसन रौहानीसँग निकट रहेका कैयौं व्यक्तिलाई उम्मेदवार हुनबाट वन्चित गरेको थियो ।
     
सर्वोच्च नेता खामेनीले राजधानी तेहरानमा मतदान गरेका थिए  र उहाँले आमनागरिकलाई मतदानमा सहभागी हुन पनि आग्रह गरेको बताइएको थियो ।    
 
करिब आठ करोड जनसंख्या रहेको इरानमा यस पटक पाँच करोड ९० लाख मतदाता रहेका पनि बताइएको छ । विभिन्न सञ्चारमाध्मयहरुले यो सन् १९७९ को इस्लामिक क्रान्तिपछिको सबैभन्दा न्यून संख्याको मतदान भएको बताएका छन् । सिन्ह्वा     
 

शेयर गर्नुहोस:

0
Shares