मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

शुक्रबार थपिए २७६८ जना संक्रमित, ४४ जनाको निधन

शुक्रबार थपिए २७६८ जना संक्रमित, ४४ जनाको निधन


काठमाडौँ । नेपालमा शुक्रबार थप २७६८ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना भाइरसबाट सङ्क्रमितको सङ्ख्या छ लाख १७ हजार ९४७ पुगेको छ । 
 
थप ७५६९ को पिसिआर परीक्षण तथा चार हजार ४६८ को एन्टिजेन विधिबाट कोरोना परीक्षण गरिएको थियो । पिसिआर विधिबाट एक हजार ९६३ तथा एन्टिजेनबाट ८०५ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।   
 
हालसम्म पाँच लाख ४९ हजार ६८२ जना कोरोना भाइरसबाट मुक्त भई घर फर्किएका छन् । पछिल्लो चौबीसघन्टामा देशभर ४०२० सङ्क्रमित निको भएर घर फर्किएका छन् । हाल देशभर ५९ हजार ६२४ सक्रिय सङ्क्रमित रहेका छन् । 
 
काठमाडौँ उपत्यकामा ५०८ सङ्क्रमित थपिए 
 
काठमाडौँ उपत्यकामा पछिल्लो समय ५०८ सङ्क्रमित थपिएका छन् । काठमाडौँमा ३९४, ललितपुरमा ६० तथा भक्तपुरमा ५४ जनामा सङ्क्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ । 
 
कोरोनाबाट थप ४४ सङ्क्रमितको मृत्यु    
 
पछिल्लो समय नेपालमा कोरोना भाइरसको सङ्क्रमणबाट थप ४४ सङ्क्रमितको मृत्यु भएको छ । योसँगै कोरोना भाइरसको सङ्क्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या ८६४१ पुगेको मन्त्रालयले जनाएको छ । रासस   
 

शेयर गर्नुहोस:

27
Shares