मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

चितवनमा छैटौँ पटक एक साताका लागि निषेधाज्ञा थप

चितवनमा छैटौँ पटक एक साताका लागि निषेधाज्ञा थप


चितवन । जिल्लामा कोरोना भाइरसको सङ्क्रमण बढेसँगै स्थानीय प्रशासनले लगाएको निषेधाज्ञा एक साताका लागि थप गरिएको छ । 
 
जिल्ला कोभिड व्यवस्थामा केन्द्र (डिसिएमसी)को बुधबार सम्पन्न बैठकले आज रातिदेखि सकिन लागेको निषेधाज्ञा एक साताका लागि थप गरेको हो । जिल्ला प्रशासन कार्यालयले एक आदेश जारी गर्दै असार १० गते राति १२ बजेसम्म लागू हुने गरी निषेधाज्ञा थप गरेको हो । 
 
निषेधाज्ञा थप गर्दा यसअघि जारी आदेशलाई निरन्तरता दिएको छ । आदेशले डिपार्टमेन्ट स्टोर्स खुल्न पाउने उल्लेख गरिएको छ ।  प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछानेले खाद्यान्न विक्री वितरण गर्ने डिपार्टमेन्ट स्टोर्स खोल्न दिने निर्णय भएको जानकारी दिए । 
 
यसअघिको निषेधाज्ञालाई नै यथावत राखिए पनि डिपार्टमेन्टल स्टोर्सका हकमा केही खुकुलो बनाइएको छ । पुस्तक पसल स्वास्थ्य मापदण्डको पालना गर्दै खोल्नुपर्ने आदेशमा उल्लेख छ । 
 
मृत्यु संस्कारमा जाँदा २५ जना भन्दा बढी सहभागी नहुन, रासायनिक मल तथा कृषि बीउबिजन विक्री वितरण गर्ने पसल सञ्चालन गर्न पाइने जनाइएको छ । सवारी साधन मर्मत केन्द्रमा तीनजना भन्दा बढी नराखी काम गराउनुपर्ने जनाइएको छ । 
 
चितवनमा गत वैशाख १६ गते राति १२ बजेदेखि निषेधाज्ञा जारी छ । जिल्लामा हालसम्म १५ हजार १३१ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । तीमध्ये एक हजार ४२९ जना सक्रिय सङ्क्रमित हुन् । 
 
सक्रिय सङ्क्रमितमध्ये १२९ को अस्पतालमा उपचार भइरहेको छ भने अन्य सार्वजनिक आइसोलेसन तथा होम आइसोलेसनमा रहेका छन् । कोरोनाका कारण यस जिल्लामा २५२ जनाको मृत्यु भइसकेको छ । रासस
 

शेयर गर्नुहोस:

108
Shares